Tue. Nov 26th, 2024

प्राविधिकसँग समन्वय गरेर मात्र विद्यालय पुर्ननिर्माण गरौँ

discuss१९ साउन, धादिङ – जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख इश्वर ज्ञावलीले नयाँ विद्यालय निमार्णको कार्य गर्दा सुरुमा जिल्ला शिक्षा कार्यालयका प्राविधिकसंग समन्वय गर्न निर्देशन दिएका छन् ।

जिल्ला शिक्षा कार्यलय धादिङको आयोजनामा बुधबार शिक्षा संग सरोकार राख्ने सरकारी तथा गैर सरकारी संघस्थाहरुसंगको बैठकमा ज्ञावलीले शिक्षाको क्षेत्रमा गरेको गतिविधिहरु शिक्षा कार्यालयमा जानकारी गराएपछि मात्र सुरु गर्न पनि निर्देशन दिए ।

जिल्ला शिक्षा अधिकारी गणेश प्रसाद ढकालले भुकम्प पछि धादिङ जिल्लाको विद्यालयहरुको पुन निमार्ण  तथा शिक्षाको क्षेत्रमा धेरै कार्यहरु भएको बताए । उनले सबै सस्थाहरुले विद्यालय पुन निमार्णको लागि महत्वपुर्ण भुमिका खेलेको भन्दै विद्यालय निमार्णको कार्य गर्ने संघ सस्थाहरुलाई धन्यवाद पनि दिए ।

कार्याक्रममा धादिङ जिल्लामा रहेका शिक्षाको क्षेत्रमा कार्र्य गर्ने विभिन्न संघ सस्थाहरुले आफुले गरेका कार्यहरुको विषयमा प्रतिवेदन प्रस्तुत गरेका थिए । धादिङ जिल्लामा भुकम्प पछि  ४९ ओटा गैर सरकारी संस्घ सस्थाहरुले पुन निमार्ण तथा अन्य शैक्षिक कार्यहरु संचालन गरिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: