Thu. Mar 6th, 2025

नाम छुटेको भन्दै गोगनपानीका भूकम्प पीडितले गाविसमा ताला लगाए

goganpani gabis१९ साउन धादिङ– धादिङको गोगनपानी गाविसका स्थानीयले भूकम्प पीडितले घर बनाउन पाउने अनुदानमा आफ्नो नाम छुटेको भ्रन्दै गाविस कार्यालयमा तालाबन्दी गरेका छन् । रातो कार्ड पाएका, विद्युतीय तथ्याङ्ककबाट गरिएको सर्वेक्षणमा नाम छुटेको भन्दै ३०÷४०  जना पीडितले गाविस कार्यालयमा ताला लगाएको सचिव पुण्य प्रसाद नेपालले बताए ।

बुधबारबाट गाविसमा सम्झौत गर्ने कार्यक्रम रहेको थियो । तालाबन्दी भएपछि गाविसको काम समेत प्रभावित भएको छ । गोगनपानी गाउँ विकास समितिमा २ सय ५३ जनाको नाम छुटेको गाविस कार्यलयले जनाएको छ । बास्तविक भुकम्प पीडितले घर बनाउनको लागी पाउने अनुदान पाउनुपर्ने भन्दै गाविसमा ताला लगाएका हुन् ।
घर भत्किएको छ, हामी अहिले पनि अस्थाई टहरोमा बसीरहेको छौँ, पीडित राजेन्द्र रेग्मीले भने “ कस्तो नीति हो यो पीडीत चाँही पीडीनै हुने होर ” ।  गाविसमा एक हजार चार सय ८७ जनालाई रातो कार्ड बितरण गरिएको थियो। ती मध्ये १२ सय ३४ जनाको मात्रै सम्झौतामा नामावली आएको छ । २ सय ५३ जनाले नाम छुटेको गुनासो गरेका छन्। ।

About The Author

अन्य समाचारहरु: