१६ साउन, धादिङ – धादिङबेसी केन्द्रिय कार्यलय रहेको नेशनल माईक्रोफाईनान्सको तीन लाख कित्ता साधारण सेयरको आवेदन खुला भएको छ ।
फाइनान्सले आइतबारदेखि सेयर बजारमा ल्याएका हुन् । आवेदन साउन १९ गते बन्द हुने कम्पनीले जनाएको छ । आबेदन पत्र ईन्भेष्टमेन्ट बैंक, नेशनल माईक्रोफाईनान्सका शाखा कार्यालयहरु, सिनर्जी फाईनान्स, गोर्खाज फाईनान्स र साझा बिकास बैंकका शाखा कार्यालयहरुबाट प्राप्त गरी रकमसहित बुझाउन सकिने जनाईएको छ ।
यसका लागि अनिवार्य रुपमा डिम्याट खाता हुनेपर्ने छ । सर्बसाधारणले ५० कित्ता देखि १० हजार कित्तासम्म प्रति कित्ताको एक सय रुपैयाँ बराबरको रकम बुझाई आबेदन गर्नसक्ने भएका छन् । यस कम्पनीको सेयर निश्काशनकर्ता तथा बिक्री प्रबन्धक मा एनआईबीएल क्यापिटल रहेको छ ।
माईक्रोफाईनान्सले १० करोड चुक्ता पूँजी मध्ये ३० प्रतिशत अर्थात तीन लाख कित्ता सर्बसाधारणमा जारी गर्न लागेको कम्पनीका सिइओ रामबहादुर यादवले जानकारी दिए ।