Tue. Nov 26th, 2024

कक्षा ११ र १२ को पाठ्यक्रम तत्काल परिमार्जन नहुने

hseb१६ साउन,  काठमाडौ – यो वर्षदेखि १२ कक्षासम्मलाई माध्यमिक तह मानिएको छ तर सोही अनुसार पाठ्यपुस्तक भने परिमार्जन नहुने भएको छ ।

ऐन भर्खरमात्र प्रमाणीकरण भएका कारण समय अभावले यो वर्षदेखि नै कक्षा ११ को पाठ्यक्रम र पुस्तक परिमार्जन गर्न कठिनाई भएको पाढ्यक्रम विकास केन्द्रका सूचना अधिकारी टुकराज अधिकारीले जनाए ।

‘तत्काल परिमार्जन गर्न समय नभएकाले हाल रहेकै पाठ्यक्रका आधारमा पढाई हुने छ,’ उनले भने, ‘हाल कक्षा ११ र १२ मा १५७ वटा पाठ्यक्रम रहेका छन् । सबैलाई अहिले नै परिमार्जन गर्न सम्भव छैन ।’

केन्द्रले कक्षा ११ र १२ का अनिवार्य अंग्रोजी, फिजिक्स, जनसंख्या शिक्षा र स्वास्थ्य बिषय भने परिमार्जन गर्ने तयारी गरिरहेको छ ।

एक महिना अगाडी मात्र राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू भएको शिक्षा ऐन आठौ संशोधनमा कक्षा ९ देखि १२ लाई माध्यमिक तह मानिएको छ ।

केन्द्रका सामाजिक अध्ययन शाखाका उपसचिव बाबुराम गौतमले तयारी धेरै गर्नुपर्ने भएकाले कक्षा ११ र १२ को पाढ्यक्रम परिमार्जन हुन कम्तीमा २ वर्ष लाग्ने बताए ।

उनका अनुसार कक्षा ११ को पाठ्यक्रम कक्षा १० लाई आधार बनाएर तय गर्नुपर्ने छ । कसरी गर्ने भन्नेबारे थप छलफपछि मात्र तय हुने उनले बताए । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: