Tue. Nov 26th, 2024

भूकम्प प्रभावितलाई विद्युत् महसुलमा छुट दिइने

Bulb-Bijuli१६ साउन, काठमाडौं  विद्युत् महसुल निर्धारण आयोगले भूकम्पबाट पूर्ण क्षति भएका घरधुरीले उपयोग गर्ने बिजुलीमा छुट दिने निर्णय गरेको छ ।

गत १ साउनदेखि बिजुलीको भाउ २० प्रतिशत बढाएको आयोगले आगामी २०७५ को असार मसान्तसम्मका लागि सेवा शुल्कमा छुट दिएको हो ।

आयोगका अध्यक्ष जगत भुसालले आगामी दुई वर्षका लागि सेवा शुल्क नराखी इनर्जी शुल्क दर कायम हुने निर्णय गरेको जानकारी दिए । विद्युत् प्राधिकरण भने यो लागू गर्दा करोडौं रुपैयाँ घाटा पर्ने उल्लेख गर्दै निर्णय कार्यान्वयन गर्ने नगर्ने अलमलमा छ ।

‘गत साउनदेखि लागू हुनेगरी दुई वर्षका लागि भूकम्प प्रभावित जिल्लाका पूर्ण क्षति भएका प्रभावितको कार्ड पाएका ग्राहकका लागि यो नियम लागू हुनेछ,’ उनले भने, ‘विद्युत् ऐनअनुसार चल्ने विद्युत् प्राधिकरण हो भने लागू गर्दिन भन्न पाउँदैन, नगरेर कुुनै ग्राहकले उजुरी दिएमा पैसा फिर्ता दिनुपर्नेछ ।’

विद्युत् प्राधिकरणले भने भूकम्प प्रभावितलाई बिजुलीको छुटबारे स्पष्ट निर्णय लिइसकेको छ । प्राधिकरण व्यवस्थापनले यसरी छुट दिँदा ५० करोडभन्दा बढी घाटा हुने कारण देखाउँदै यसबारे अन्योलमा छ । प्राधिकरणका कार्यकारी निर्देशक मुकेशराज काफ्लेले यसरबारे छलफल भइरहेको जानकारी दिए ।

प्राधिकरण स्रोतका अनुसार, यो निर्णय कार्यान्वयन गर्दा प्राधिकरणलाई ५० करोडभन्दा बढी घाटा हुने भएकाले यसको परिपूर्तिका लागि ऊर्जा मन्त्रालय, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा पत्र लेख्ने तयारी भइरहेको छ ।

आयोगको निर्णय कार्यान्वयन भएमा न्यूनतम २० युनिटसम्म खपत हुने भूकम्प प्रभावित ग्राहकले प्रति युनिट ३ रुपैयाँ तिरे पुग्नेछ । यो निर्णयअनुसार, ग्राहस्थ वर्गका ग्राहकले एम्पियरको आधारमा सेवा शुल्कमा ३० रुपैयाँदेखि २७५ रुपैयाँसम्म छुट पाउनेछन् । कारोबार दैनिकबाट

About The Author

अन्य समाचारहरु: