Mon. Mar 3rd, 2025

सागमा पदक बिजेता खेलाडी सम्मानित

pic-og-sag-winner१३ साउन,  काठमाडौं – सरकारले गत वर्ष भारतमा सम्पन्न  १२ औँ दक्षिण एसियाली खेलकुद सागका पदक विजेता खेलाडीलाई सम्मान गरेको छ ।

भारतको गुवाहटी र सिलोङमा भएको प्रतियोगितामा पदक जित्ने खेलाडी र संघलाई सरकारले बिहीबार नगद सहित सम्मान गरेको हो । प्रधानमन्त्री निवास बालुवाटारमा भएको कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले पदक जित्ने राष्ट्रिय संघलाई नगदसहित सम्मान गरेको हो ।

स्वर्ण पदक जित्ने संघलाई ५ लाख, रजत पदक जित्नेलाई ३ लाख तथा कास्यपदक जित्ने संघलाई २ लाख रुपैयाँ प्रदान गरिएको हो । सागमा स्वर्ण र बंगबन्धु गोल्डकपमा उपाधि जितेको नेपाली टोलीका सदस्यलाई अखिल नेपाल फुटबल संघ एन्फाले यसअघि नै १०र१० लाख पुरस्कार प्रदान गरिसकेको छ ।

About The Author

अन्य समाचारहरु: