Thu. Mar 6th, 2025

माओवादी केन्द्रमा मन्त्री बन्ने आकांक्षी बढे, नेतृत्व नगर्दै संकटमा

parchanda१२ साउन, काठमाडौं- माओवादीमा केन्द्रमा मन्त्री बन्ने आकांक्षी बढेपछी नेतृत्व गम्भीर संकटमा परेको छ । पार्टीबाट मन्त्री चयनका लागि हुने गरेका अनौपचारिक छलफलमा आफू पक्षधरलाई महत्वपूर्ण मन्त्रालयसहित मन्त्री बनाउने होडबाजी चलपछि अध्यक्ष प्रचण्ड सरकारको नेतृत्व नगर्दै संकटमा परेका छन् ।

अध्यक्ष प्रचण्डले ओली  नेतृत्वको सरकारमा सहभागी तीनजना मन्त्रील्ऽाई दोर्होयाएर अन्य नयाँ अनुहारसहितको मन्त्रिमण्डल बनाउने तयारी थाले पनि तीनजनामा पनि को–को जाने भन्ने विवाद देखिएको छ
ओली सरकारका शिक्षामन्त्री गिरिराजमणि पोख्रेल, सामान्य प्रशासन मन्त्री रेखा शर्मा र वनमन्त्री अग्नि सापकोटाको नाम चर्चामा छ ।

माओवादी केन्द्रबाट सरकारमा सहभागी हुने र ओली नेतृत्वको सरकारबाट नहोदोरिने नेताहरुमा जनार्दन शर्मा, कृष्णबहादुर महरा, राम कार्की, प्रभु शाह, हितराज पाण्डे, महेन्द्रबहादुर शाही, टेकबहादुर बस्नेत, गौरीशंकर चौधरी, सीता नेपाली लगायतको नाम चर्चामा छ । आजको राजधानी दैनिकमा समाचार छ ।  

About The Author

अन्य समाचारहरु: