१२ साउन, धादिङ – घुँडाको चोटका कारण स्वीस टेनिस खेलाडी रोजर फेडेररले रियो ओलम्पिकसहित यो सिजनका बाँकी खेल खेल्न नसक्ने भएका छन् ।
१७ पटकका ग्राण्डसलाम विजेता फेडेररको चोट गम्भीर रहेको उल्लेख गरिएको छ । खेल जीवन लामो समयसम्म कायम राख्नका लागि आफूलाई अहिले आरामको आवश्यकता रहेको फेडेररले बताएका छन् ।
गएको फेब्रुअरीमा ३४ वर्षका फेडेररको घुँडाको शल्यक्रिया गरिएको थियो । उनले मेमा भएको फ्रेन्च ओपन खेल्न सकेका थिएनन् ।
फेडेररले सन् २००८ को बेइजिङ ओलम्पिकमा डबल्समा स्वर्ण पदक जितेका थिए । उनले एकलमा ओलम्पिक स्वर्ण जित्न सकेका छैनन् ।