१० साउन, काठमाडौ – देश र जनताका लागि नाफाको जिन्दगी बिताइरहेको बताउने ओली सत्तामा पुग्दाको क्षणभन्दा बिदा हुनेबेला निकै हाइहाइ बनेका छन् । अहिलेसम्मका हरेक प्रधानमन्त्री जाने बेला शिर निर्हुयाएरै सत्ताबाट बाहिरिएको तथ्य राजनीतिक इतिहासले बताइसकेको छ । एमाले अध्यक्ष ओलीले भने ती सबै इतिहासभन्दा फरक रुपमा सत्ताबाट बाहिरिएका छन् ।
इतिहासको तथ्यकै कारण हरेक प्रधानमन्त्रीलाई निर्वाचित भएको चिन्ता हुन्छ, बिदा हुनबेला आत्मग्लानि नसोस । तर, अहिलेसम्म त्यो चिन्ता र चासो काम लागेको इतिहास छैन । बिदा हुनेबेला अहिलेसम्मका प्राय सबै प्रधानमन्त्रीमा आरोपको वर्षानै लाग्यो ।
२०४६ सालको परिवर्तनपछि मनमोहन अधिकारीलेबाहेक हरेक प्रधानमन्त्रीले जाने बेला जनताको विश्वास गुमाए । निकै विवादित पनि बने । त्यही घटनाक्रमका काारण निर्वाचित भएकै दिनबाट हरेक प्रधानमन्त्रीलाई विदाइको क्षण सम्झेर चिन्तित बन्नुर्पयो ।
तर एमाल्ऽे अध्यक्ष ओल्ऽी भने आफूल्ऽाई अहिल्ऽेसम्मका सबै प्रधानमन्त्रीभन्दा फरक रुपमा उभ्याउन सफल्ऽ बने । प्रधानमन्त्री निर्वाचित भएको समयभन्दा बिदाइका बेल्ऽा हाइहाइ बने ।
बजेटको आश्रति विधेयक फेल भएपछि अल्पमतमा परेका प्रधानमन्त्री ओलीले आफैलाई विस्थापित गर्न आउने अर्का प्रधानमन्त्री चयनका लागि संविधानमा देखिएको अस्पष्टता हटाउँदै बाधा अड्काउ फुकाएर राष्ट्रपति विद्यदेवी भण्डारीसमक्ष राजीनामा बुझाए ।
त्यससँगै संसद पुगर आफूमाथि लागेका आरोपको सालिन ढंगमा प्रतिवाद गर्दा संसदको मात्र नभइ सिंगो देश ओली तिर केन्द्रित थियो । राजधानी दैनिकबाट