Wed. Mar 5th, 2025

साम एलेडाइस बन्ने भए इंग्ल्याण्डको नयाँ प्रशिक्षक

sam६ साउन,  धादिङ – इंग्ल्याण्डको नयाँ प्रशिक्षक साम एलेडाइस हुने भएका छन् ।

युरोकप फुटबलमा इंग्ल्याण्ड आइल्याण्डसँग पराजित भएर अन्तिम १६ बाटै बाहिरिएपछि प्रशिक्षक रोय हडसनले राजीनामा दिएका थिए । ६१ वर्षका एलेडाइसले हडसनको ठाउँ लिनेछन् । प्रिमियर लिग क्लब सन्डरल्याण्डका प्रशिक्षक एलेडाइसले अब क्लब छोड्ने छन् । एलेडाइसलाई इंग्ल्याण्डको प्रशिक्षकमा नियुक्त गरिएको औपचारिक घोषणा भने हुन बाँकी छ ।

एलेडाइसको सन्डरल्याण्डसँगको सम्झौता अझै एक वर्ष बाँकी रहेकाले क्लबलाई दिइनु पर्ने क्षतिपूर्तिका बारेमा कुरा मिल्न बाँकी छ ।

फुटबल एसोसिएसन एफएको बैठक बिहीबार बस्ने र यो बैठकले नै एलेडाइसलाई प्रशिक्षकमा नियुक्त गरेको औपचारिक घोषणा गर्ने तयारी भएको बिबिसीले जनाएको छ ।

About The Author

अन्य समाचारहरु: