५ साउन, धादिङ – कांग्रेस महामन्त्री सशांक कोइरालाको स्वास्थ्यमा सुधार हुँदै गएपछि बुधबार ओम अस्पतालबाट डिस्चार्ज गरिएको छ ।
उनी दुइ सातादेखि उपचाररत थिए । उपचारमा संलग्न चिकित्सकले उनलाई दिइने एन्टिवायोटिक तथा इन्जेक्सनको कोर्स सकिएको र निमोनिया समेत निको भएकोले आज डिस्चार्ज गरिएको बताएका छन् । कोइरालाको रगत र फोक्सोको एक्स–रे परिक्षण प्रतिवेदन सामान्य देखिएको छ । चिकित्सकले भने उनलाई दुई सातासम्म घरमै आराम गर्न सुझाएका छन् ।