Sat. Mar 15th, 2025

मलेसियाबाट १६ नेपाली कामदारको उद्धार

malesiya५ साउन, काठमाडौँ – मलेसियामा अवैधरुपमा काम गरेको आरोपमा जेल सजाय काटेर घरफिर्ती केन्द्रमा रहेका १६ नेपाली कामदारलाई उद्धार गरी नेपाल फर्काइएको छ ।

मलेसियास्थित नेपाली दूतावासले मंगलबार जारी गरेको विज्ञप्तिअनुसार उनीलाई वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सहयोगमा हवाई टिकट किनेर गत बिहीबार र आज गरी दुई चरणमा नेपाल पठाइएको हो । दूतावासले हालसम्म सरकारी तथा गैरसरकारी सङ्घसङ्स्थाको सहयोगमा ६१२ जनालाई निःशुल्क टिकटको व्यवस्था गरी नेपाल पठाइसकेको जनाएको छ ।

थुनुवा केन्द्रमा रहेका अन्य नेपालीलाई समेत निःशुल्क टिकटको व्यवस्था गरी स्वदेश फर्काउने तयारी भइरहेको दूतावासले जनाएको छ । रासस

About The Author

अन्य समाचारहरु: