Wed. Mar 5th, 2025

लर्ड्समा नेपाली टोलीको शानदार जित

lads५ साउन, धादिङ– नेपालले विश्वकै पुरानो मेरिलिबोन क्रिकेट क्लब एमसिसीलाई पराजित गरेको छ ।

लर्ड्समा भएको आफ्नो पहिलो खेलमा नेपाली टोलीले बेलायती क्लब एमसिसीलाइ ४१ रनले हराएको हो । नेपालले प्रस्तुत गरेको दुई सय १८ रनको लक्ष्य पछ्याएको एमसिसी ४७ दशमलव २ ओभरमा एक सय ७६ रन बनाउँदा अलआउट भयो । एमएमसीका ओपनर जर्ज एडरले एक सय रन बनाए पनि टिमलाई जित दिलाउन सकेनन् । नेपालका बसन्त रेग्मीले ३७ रन दिएर तीन तथा सागर पुनले ३५ रन खर्चेर तीन विकेट लिए ।

यस्तै सोमपाल कामीले ३३ रन दिएर दुई विकेट लिए । नेपाल र बेलायतबिच मैत्रिपूर्ण सम्बन्ध स्थापना भएको दुई सय वर्ष पुगेको अवसरमा भएको खेल हेर्न लर्ड्स मैदानमा झण्डै पाँच हजार नेपाली दर्शक पुगेका थिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपाली टोलीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर दुई सय १७ रन बनायो ।

क्रिकेटको मक्का मानिने लर्ड्स मैदानमा भएको खेलमा नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ३९ रनको योगदान गरे । त्यस्तै पारस खड्काले ३०, शरद भेषवाकारले २७, सागर पुनले २६ रनको योगदान गरेका छन् । बसन्त रेग्मीले २४, राजु रिजालले २४, सोमपाल कामीले २० रनको योगदान गरे ।

About The Author

अन्य समाचारहरु: