Tue. Mar 4th, 2025

आठ कम्पनीलाई इन्धन आयात अनुमति

opetrol-pump-300x225३ साउन, काठमाडौं – पूर्वाधार निर्माणसहित इन्धन आयात गरेर बिक्री वितरण गर्न सरकारले आठवटा कम्पनीलाई अनुमति दिएको छ ।

नेपाल आयल निगम सरह इन्धन आपूर्ति गररेर बिक्री गर्न यस्ता कम्पनीलाई अनुमति दिइएको हो ।

आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण विभागका महानिर्देशक गोकुल धितालका अनुसार गत असार ६ गते विराट पेट्रोलियम प्रालि, पेट्रोलिम्याक्स प्रालि, हिमालयन प्रालि, ट्रान्स हिमालयन कर्पोरेसन, नेशनल पेट्रोलियम प्रालि, डीडी पेट्रोलियम लगायतलाई आवश्यक भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको हो ।

यसैगरी यसअघि वाणिज्य विभागमार्फत आएको मालिकालाई पनि भौतिक पूर्वाधार निर्माण गर्न अनुमति प्रदान गरिएको छ ।
धितालका अनुसार मन्त्रिपरिषदको निर्णयअनुसार २०६९ फागुन ३० गते वाणिज्य तथा आपूर्ति मन्त्रालयका तत्कालीन समयमा पेट्रोलियम तथा ग्यास नियमन आदेशअनुसार निजी क्षेत्रले पनि इन्धन आयत गरेर कारोबार गर्न पाउने बाटो खुलाएको थियो ।

सोहीअनुसार निजी क्षेत्रले निगमै जस्तै इन्धन आयात गरेर कारोबार गर्न आवश्यक प्रक्रिया अघि बढाएका हुन् ।

विभागका निर्देशक निरज पौडेलका अनुसार अनुमति पाएका कम्पनीले आगमी दुर्य वर्षसम्ममा भौतिक पूर्वाधार निर्माण गरिसक्नुपर्नेछ ।

अनुमति पाएका कम्पनीले कम्तीमा २० हजार कोएर (दुई करोड लिटर० क्षताको भण्डारण गृह निर्माण गर्नुपर्नेछ । अन्नपूर्णबाट

About The Author

अन्य समाचारहरु: