Wed. Mar 5th, 2025

बेलायत भ्रमणः नेपालको तेस्रो जित

nepal-vs-ind
१ साउन,  धादिङ – बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले लगातार तेस्रो जित हात पारेको छ । बेलायत भ्रमणको तेश्रो अभ्यास खेलमा पनि नेपालले सहज जित निकालेको हो।

स्थानिय क्रिकेट कन्फ्रेन्स क्लबलाई नेपालले ४ विकेटले हरायो । जितका लागि पाएको २ सय २७ रनको लक्ष्य नेपालले ४६ दशमलव १ ओभरमा ६ विकेट गुमाएर भेट्टायो ।

नेपालका लागी कप्तान पारस खड्काले सर्वाधिक ६७ रनको योगदान दिए भने ओपनर अनिल मण्डलले ४३, ज्ञानेन्द्र मल्लले ३६, शरद भेशवाकरले १९, विनोद भण्डारीले ६ र सागर पुनले ४ रन बनाए । यस्तै राजु रिजाल १७ र राजेश पुलामी १६ रनमा नटआउट रहे ।

यसअघि घरेलु मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको कन्फ्रेन्स क्रिकेट क्लबले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय २६ रनको मध्यम योगफल तयार पारेको थियो ।

नेपालका लागि सोमपाल कामी र संदिप लामिछानेले समान २२÷ तथा करण केसी र पारस खड्काले एकरएक विकेट लिए । अब नेपालले चौथो खेल क्रिकेटको मक्का मानिने लर्डसमा खेल्नेछ ।

About The Author

अन्य समाचारहरु: