Sat. Mar 15th, 2025

कोरियामा नेपाली कामदारको मासिक तलब १ लाख ३० हजार रुपैयाँ

koriya
१ साउन,  धादिङ रोजगार अनुमति प्रणाली (इपीएस) बाट दक्षिण कोरिया गएका नेपाली कामदारको न्यूनतम तलब १ लाख ३० हजार रुपैयाँ हुने भएको छ ।

कोरियाको ज्याला निर्धारण समितिको आज बिहान बसेको १४ औं बैठकले ७ दशमलब ३ प्रतिशतले वृद्धि गर्ने निर्णय गरेसँगै नेपाली कामदारको न्यूनत्तम तलब वृद्धि भएको हो । सन् २०१७ देखि लागू हुने नयाँ तलबमान अनुसार मजदूरले प्रतिघण्टा ६ हजार ४ सय ७० वन अर्थात करिब ६ सय रुपैयाँ पाउने भएका छन् ।

हाल प्रतिघण्टा ६ हजार ३० वन पाउँदै आएका छन् । तलब बृद्धिसँगै उद्योगको प्रकृति अनुसार महिनामा २ सय ९ घण्टा काम गर्ने नेपाली कामदारले न्युनतम १३ लाख ५२ हजार २ सय ३० वन करिब १ लाख ३० हजार रुपैयाँ पाउने भएका छन् । हिजो साँझ ५ बजेदेखि बसेको ज्याला निर्धारण समितिको बैठकमा सहमति हुन नसकेपछि मतदानका आधारमा निर्णय भएको छ ।

समितिमा ९–९ जना मजदूर, रोजगारदाता र सरकारी प्रतिनीधि रहने व्यवस्था छ । मतदानमा सरकारी र रोजगारदाता प्रतिनिधि १६ जना मात्र सहभागी थिए । ती मध्ये १४ जनाले ७ दशमलब ३ प्रतिशत बढाउनुपर्न प्रस्तावको पक्षमा मतदान गरेका थिए भने १ जना तटस्थ र १ जनाले बहिस्कार गरेका थिए ।

About The Author

अन्य समाचारहरु: