Sat. Mar 15th, 2025

उत्तर कोरियालाई कडा कारबाहीको माग

ss
२६ असार, सोल –  उत्तर कोरियाले अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन गरेर बारम्बार क्षेप्यास्त्र परीक्षण गरेकोले उसमाथि कारबाहीको माग गरिएको छ। उत्तर कोरियाले शनिबार पनि एक पनडुब्बी क्षेप्यास्त्र परीक्षण गरेकोले दक्षिण कोरियाका तर्फबाट यस्तो माग गरिएको हो।

उत्तर कोरियाले समुद्रको पूर्वी तटीय क्षेत्रमा पर्नेगरी शनिबार क्षेप्यास्त्र परीक्षण गरेको थियो। उत्तरको यस घटनाको दक्षिण कोरियाले निन्दा गरेको छ। दक्षिण कोरियाको रक्षामन्त्रालयले शनिबार प्रकाशन गरेको विज्ञप्तिमा उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको हो।

शनिबार उत्तरले गरेको यस्तो खालको परीक्षण पानीमा मार हान्ने हो। अमेरिका र दक्षिण कोरियाले उत्तरको समुद्रको पूर्वी तटीय क्षेत्रमा प्रतिरक्षात्मक संयन्त्र राख्ने भनेको दुई दिनपछि फेरि उत्तरले यस्तो परीक्षण गरेको जनाइएको छ।

उत्तरले यसरी बारम्बार गर्ने गरेको परीक्षणले संयुक्त राष्ट्रसङ्घीय शान्ति तथा निशस्त्रीकरणसम्बन्धी कानुनको उल्लङ्घन गरेको उत्तरले जनाएको छ। पछिल्लो समयमा जारी राखेको आणविक परीक्षणका कारण दक्षिण कोरिया तथा अमेरिकाले उसमाथि नाकाबन्दी लगाएका छन्। संयुक्त राज्य अमेरिकाले पनि उत्तर कोरियाका विरुद्धमा नाकाबन्दी लगाएको छ।

तर नाकाबन्दीले मात्र नपुगेर उत्तरमाथि यस्तो अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घनको आरोपमा कारबाहीको माग दक्षिण कोरियाले गरेको छ। दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका तथा संयुक्त राष्ट्रसंघले बारम्बार आग्रह गर्दापनि उसले आणविक परीक्षणको काम नरोक्नाले पनि यो कानुनको पालना हुन नसकेको दक्षिणको दाबी छ। रासस/एएफपी

About The Author

अन्य समाचारहरु: