२६ असार, धादिङ – विश्व नम्बर एक सेरेना विलियम्सले सातौं पटक विम्बल्डन टेनिसको उपाधि जितेकी छन् ।
अमेरिकी सेरेनाले चौथो बरियताकी एन्जोली करबालाई हराएर सातौं पटक विम्बल्डन टेनिसको उपाधिजितेकी हुन् । योसँगै ३४ वर्षकी सेरेनाले अहिलेसम्म २२ वटा ग्राण्ड सलाम उपाधि जितेकी छन् । उनले स्टेफी ग्राफको कीर्तिमानसँग बराबरी गरेकी छन् । ग्राफले पनि २२ वटा मुख्य उपाधि जितेकी थिइन् ।
सेरेनाले एन्जोलीलाई ७–५ र ६–३ को सेटमा हराएकी हुन् । गएको जनवरीमा भएको अस्ट्रेलियन ओपनको फाइनलमा भने एन्जोलीले सेरेनालाई हराएकी थिइन् ।