Fri. Jan 31st, 2025

आफ्नै कुरा –आफ्नै मर्जि

गायत्री खतिवडा –

gayatri
१.आज भन्दा पन्ध्र वर्ष अगाडी मैले एस. एल. सि. पास गरे पछि मेरो दाजुहरुले भन्नुभयो “अव बहिनीको विहे गरिदिनु पर्छ । छोरीमान्छेले यहाँ भन्दा माथि पढेर के काम ? अहिले विहे गरेन भने पछि गा¥हो हुन्छ ।”
त्यतिवेला त्यतिकै भो ।

२.त्यसको २/४ वर्ष पछि आफन्तले भन्न थाले “किन विहे नगरी बसेको ? पढेर के हुन्छ ? छोरीलाई जति पढाए पनि अर्काको घर जाने जात हो । जति पढे पनि भाँडा नमाझी खान पाइने होइन ।”
सवैले यस्तै कुरा गरि नै रहे ।

३.जब काम गर्न थालें अनि फेरी परिवारका सदस्यले भन्न थाले “छोरी मान्छे भएर नेता भएको राम्रो हुँदैन । यसरी जता पायो उतै हिड्न थाले पछि कस्ले बिहे गर्छ ?”

४.अनि आफन्तले भन्न थाले “काम गरेको –जागिर खाएको) भनेर फुर्किएकी छ छोरी मान्छे जति उफ्रिए पनि कुवाको भ्यागुतो न हो । एक दिन कुवामै कुहिने त हो । बरु बेलैमा होस राखेको राम्रो ।”

५.तीन चार वर्ष यता गाउँलेले भन्न थाले “किन बिहे नगरी बसेको ? बुढी कन्या बसेर जिन्दगी बिताउन गा¥है हुन्छ । छोरीमान्छेले जागिर खाएको छु भनेर केही हुँदैन । छोरी मान्छे पैतालाको धुलो हो ।”

६.आफन्तले भन्न थाले “तिम्लाई अब कसैले बिहे गर्दैन । गरेपनि बुढो या केही खोट भएको केटा मान्छेले मात्र गर्ने हो । युवा केटाले त गर्दैन । तिमी यत्तिकै बुढी भयौ ।”

७.आमाले भन्नु भयो “अरुले जे भने पनि छोरी मान्छेले विहे गरेन भने मरे पछि पिचाश भएर घुम्नु पर्छ । स्वर्ग जान पाईंदैन । किरीया गर्ने मान्छे चाहिन्छ । म मरे पनि बिहे चै गर्नु ।”

८. दाजुहरुले भन्न थाल्नु भो “बहिनीले बेलैमा बिहे नगरेर धोका दिइ । हामीलाई आफ्नो छोराछोरी पाल्न त गा¥हो भएको बेला बहिनीलाई पनि पाल्नुप¥यो । बहिनीले गर्दा पनि शिर निहुराउनु पर्ने भयो । सवैले किन बहिनीको बिहे नगरेको भन्छन् । हामीले के जवाफ दिने ?”

९. अहिले आएर आमाले भन्नु भो “तिमीले काम गरेर हिडेकोमा, आफ्नै खुट्टामा उभिएकोमा, आफ्नो पहिचान स्थापित गरेकोमा गर्व गर्छु । यो समाजका छोरीहरु भन्दा अब्बल भएकोमा, संघर्ष गर्न सक्ने र हिम्मतदार भएकोमा खुशि छु । तर एउटा गुनासो छ तिम्रो कारण हामीलाई बोझ भएको छ । हामी मर्दा सास जाने भएन । म मरेर गएपछि स्वर्ग जाने बाटो छेकिने भो । बिहे नगरेले तिमी आफै पनि मरेपछि स्वर्ग जान पाउँदिनौ । किनकी तिमी छोरी हौ । अहिले तिमीले जे काम गरेपनि अर्थ छैन र हुँदैन पनि । तिमी जन्मिएको सार हुने भएन ।”

यि माथिका म प्रति लक्षित संवाद हरेक घरका हरेक छोरीहरु प्रति हो । किनकी हामी छोरी भएर जन्मियौं । यो नै हाम्रो दोष हो ।

१.छोरीले पढेर के काम ?

२. छोरी अर्काको घर जाने जात हो धेरै पढाउनु हुँदैन ।

३. छोरी मान्छे भएर आफुखुशी हिड्नु हुँदैन ।

४. छोरीले काम गरि खानु हुँदैन । अझ मैले गरे जस्तो काम त गर्नै हुँदैन ।

५. छोरी मान्छे पैतालाको धुलो हो ।

६. २५ वर्ष काटेपछि छोरीमान्छे लाई कसैले बिहे गर्दैन ।

७. बिहे नगरी बसे मरे पछि पिचाश भइन्छ ।

८. छोरीले बिहे नगर्दा दाजुभाईको शिर निहुरिन्छ ।

९. सवैभन्दा महत्वपूर्ण कुरा छोरी आमा बाबुको लागि बोझ हो । छोरीले गरेको काम र नामको कुनै अर्थ छैन । यि सव कुराहरु एकैपटक सम्झदा कहिलेकाहीं यो धर्ति र आकाश एकैपल्ट घुमिरहे झै लाग्छ । रिंगटा चल्छ, वाकवाकी लाग्छ र कतै पछारिन्छु झै लाग्छ । उज्यालोमै हिडीरहेको भए पनि अन्धकारमा दौडिरहेछु जस्तो लाग्छ । कतै ठेस लागेर भुईंमा पछारिए जस्तो लाग्छ । मेरो ठाउँमा मेरै दाई या भाई भएको भए के भनिन्थ्यो ? कस्तो सोच राखिन्थ्यो ? कुन व्यवहार गरिन्थ्यो ?होला भन्ने कुराले चैं छाति पोल्छ कहिलेकाहीं ।

हाम्रो सोच कस्तो छ ? हाम्रो बोलि र व्यहार कस्तो ? समाज त्यसको प्रतिबिम्ब हो । एउटा घरका बुबाआमाले आफ्ना छोराछोरी प्रति कस्तो दृष्टिकोण राख्छन् ? कस्तो शिक्षा दिक्षा दिन्छन् ? कस्तो हुर्काइ बढाइ गराउँछन् ? त्यसैका आधारमा आजको बालबालिकाले भोलिको जिन्दगी जिउँछन् । आजको सीप, सिकाइ र सोचका आधारमा नै भोलिको समाज निमार्ण हुनेछ । मेरो परिवारले म प्रति राखेको दृष्टिकोण, मेरो समाजले म प्रति राखेको सोच, मेरा आफन्तले म प्रति हेरेका आँखा केवल मेरा लागि मात्र थिएन । यो त समाजको ऐना हो ।

मैले सुने अनुसार हाम्रो धर्मले भन्छ “छोरीका लागि सानो उमेरमा बाबु संरक्षक हो । विहे गरेपछि श्रीमान र वृद्धा अवस्थामा छोरा संरक्षक हुन्छन् । विहे नगरी बसेकी छोरी मरे पछि स्वर्ग जान पाउँदिनन् । उनको किरीया गर्नु हुँदैन । अविवाहित छोरीको लाश जलाउँदा कुशको छोरामान्छे बनाएर चित्तामा संगै राखेर जलाउनु पर्छ । अविवाहित छोरी मरे पछि पिचाश हुन्छिन् । उनले अर्को योनि(जुनि)मा प्रवेश गर्न पाउँदिनन् । छारा –पुरुष) माथिल्लो दर्जाको व्यक्ति हो ।

छोरी –महिला) तल्लो दर्जाको व्यक्ति हो । पुरुष पैताला हो र महिला पैतालले टेकिने धुलो हो । पुरुष मालिक हो र महिला दाषी हो, नोकर हो । श्रीमतिले श्रीमानलाई आँखा तरेमा डेरी हुन्छे । मुख फर्काएमा कुर्कुनी हुन्छे । छोरी मान्छेले धेरै बोले जिब्रो थुतेर काट्नु पर्छ । पोथी बासेमा घाँटी निमोठेर धुरी कटाउनु पर्छ । विधवा आइमाई अशुभ मान्छे हो । घरको दियो पहिला सल्काउन हुँदैन । छोराको विहे गर्दा नवदुलही भित्रयाउनु हुँदैन । बाहिर निस्कदा विधवा देखेमा साइत पर्दैन । विधवा महिला वृद्धा भएपछि बोक्सी हुन्छन् । भूत, प्रेत र पिचाश खेलाउँछन् । कालो बिरालो उनीहरुको बाहन (छांैडा) हो । नाकमा, ओठमा कोठी भएका महिला बोक्सी हुन्छन् । कालो जिब्रो भएका महिला बोक्सी हुन्छन् । आँखा साना भएका महिला बोक्सी हुन्छन् ।”यस्तै यस्तै ।

समाजले फेरी यि सवै कुरा ऐजन ऐजन भन्छ र गर्छ पनि । छोरी समाजको इज्जत हो । छोरी घरको इज्जत हो । जुन हरेक दिन तराजुमा जोखियोस् की उनको सुगन्ध –वास्ना) फैलिएर जहाँ सम्म पुग्छ । छोरी समाजको गहना हो । छोरी घरको गहना हो । जुन मन लागेको बेला मन लागेको अङ्गमा झुन्डयाएर हिड्न मिलोस् । छोरी आर्कषणको साधान हो । अथवा सजाइने बस्तु हो । जुन हरेक दिन सयौंले हेरेर जिब्रो पड्काओस् । क्या दामी भनोस् । छुन र चिमोट्न सकोस् । छोरीले ठूलो स्वरले बोल्नु हुँदैन । उनको मधुर आवाज सुनेर पुरुषहरु लठ्ठ परुन् । छोरीले ठूलो स्वरमा हाँस्नु हुँदैन । उनको मुस्कान देखेर पुरुषहरु मोहित हौउन् र भमराले फुल घेरे झै वरिपरि झुम्मिउन् । यस्तै यस्तै ।

यही समाजले अर्को कुरा गर्छ ‘छोरीहरु कमजोर हुन्छन् । छोरीहरु धेरै रुन्छन् । छोरीहरु आफैं निर्णय गर्न सक्दैनन । छोरीहरु डरछेरुवा हुन्छन् । छोरीहरु आत्तिने खालका हुन्छन् । छोरीहरु हिम्मत गर्न सक्दैनन् । छोरीहरुले नयाँ कुरा सोच्न र गर्न सक्दैनन् । र छोरीमान्छेले त केही गर्न सक्दैनन् ।’

जन्मेदेखि नै तिमी केही गर्न सक्दैनौं भनेर हुर्काइन्छ । तिमी मान्छे होइन भनेर पढाइन्छ । तिमी अरुको शरणमा बाँच्ने प्राणी हो भनेर घोकाइन्छ । पशुवस्तु पालेको झैं तिमीलाई पाल्ने हो र कसैले पाल्छ भन्ने मन्त्र जपाइन्छ । यही कुरा एक छोरीको सफल र उज्यालो जिन्दगीको लागि घातक विष हो । जुन विष जन्मेदेखि आफ्नै जन्मदिने आमा बाबु, संगै जन्मिएका दाजु भाई, छरमिमेक र आफन्तले हरेक दिन पिलाएका हुन्छन् । जसको फलस्वरुप हाम्रो (छोरीको) जिन्दगी मन्द हुन्छ । गतिहिन हुन्छ । लक्ष्यहिन हुन्छ । अध्याँरोमा ढुङ्गा हाने जस्तो हुन्छ । जहाँ पर्छ पर्छ ।

युग बदलिएसंगै सोच, व्यवहार र शैली बदलिनु आवश्यक छ । एउटा घर बलियो बनाउन जसरि घरका खाँबाहरु पनि बलियो हाल्नुपर्ने हुन्छ त्यस्तै समाजका खाँवाहरु बलियो हुन पनि छोरा र छोरी या महिला र पुरुष दुवै बलियो हुन आवश्यक छ । दुवै सक्षम हुन आवश्यक छ । त्यसका लागि जगैदेखि राम्रोसंग गा¥हो लगाउन र लिपपोत गर्न पनि आवश्यक छ । म चाहन्छु हरेक घरका छोरीहरु एक्लै जीवन जिउन सक्ने हुन् । हरेक घरका छोरीहरु कमाउन सक्ने हुन् । हरेक घरका छोरीहरु अन्यायको विरुद्धमा बोलुन् र प्रतिकार गरुन् । हरेक घरका छोरीहरु निडर र आत्मविश्वासी बनुन् । हरेक घरका छोरीले आफ्नो जिन्दगीको निणर्य आफैले लिउन् । अनि हरेक घरका छोरीले नयाँ उचाइ, नयाँ उद्देश्य र नयाँ लक्ष्य भेट्न सकुन् । हरेक घरका छोरीले आफुलाई आफैंप्रति गर्व गर्न सकुन् ।

[email protected]

About The Author