Fri. Jan 31st, 2025

वाल रोगको एकिकृत व्यवस्थापन सम्बन्धी सडक नाटक प्रदर्शन ( फोटो सहित )

13625038_1075736512517492_943111166_n

२५ असार, धादिङ – समुदायमा आधारित नवजात शिशु तथा वाल रोगको एकिकृत व्यवस्थापन सम्बन्धी जनचेतनामुलक सडक नाटक शुक्रबार जिल्ला अस्पताल धादिङमा प्रर्दशन गरिएको छ । वन हार्ट वल्ड वाईड नेपालको आयोजनामा जिल्ला अस्पताल धादिङको समन्वयमा नाटक प्रर्दशन गरिएको हो ।

धादिङ नाटय समाजका कलाकारहरुले प्रस्तुत गरिएको नाटकमा गर्भाअवस्थामा ध्यान दिनुपर्ने कुराहरु, गर्भावस्थामा देखिने खतराका लक्षणहरु, स्वास्थ्य संस्थामा सुत्केरी गराउँदा हुने फाईदाहरु, सुत्केरी हुनुभन्दा अघि गरिनुपर्ने पूर्व तयारी, शिशुलाई गर्नुपर्ने स्याहार लगायतका विषयवस्तु समावेश गरिएको थियो ।

13625127_1075740179183792_136726094_n

नाटक एकदमै सरल रुपमा बुझेको र यस्ता नाटक विकट ठाउँहरुमा प्रर्दशन गरिनुपर्ने सुझाव दिएका थिए ।

जिल्लाको त्रिपुरेश्वर, धुवाँकोट, महादेवस्थान लगायतका गाविसहरुमा नाटक प्रर्दशन गरिने वन हार्ट वल्ड वाइड नेपालका जिल्ला संयोजक संञ्जीव शाहीले जानकारी दिए ।

13608187_1075738709183939_847313406_n

About The Author

अन्य समाचारहरु: