Wed. Mar 5th, 2025

वेल्सलाई हराउँदै पोर्चुगल युरोकपको फाइनलमा प्रवेश

porchugal२३ असार, धादिङ– वेल्सलाई हराउँदै पोर्चुगल युरोकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति लियोनमा भएको सेमिफाइनलमा वेल्सलाई २–० ले हराएर पोर्चुगलले फाइनलमा स्थान पक्का गरेको हो । पोर्चुगलको जितमा कप्तान क्रिष्टियानो रोनाल्डो र नानीले गोल गरे । पहिलो हाफामा गोल रहित बराबरी भएको खेलमा दोस्रो आफको सुरुवातमै रोनाल्डोको सुन्दर हेड गोल मार्फत पोर्चुगलले अग्रता लियो । ५० औं मिनेटमा रोनाल्डोले हेडमार्फत गोल गरेका हुन् ।

त्यसको तीन मिनेटपछि रोनाल्डोको पासमा नानीले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे । बलमा नियन्त्रण पोर्चुगलको भन्दा वेल्सको केही बढी रहेपछि वेल्सका खेलाडीले गोल गर्ने अवसर सृजना गर्न सकेनन् र पाएका अवसरलाई पनि सदुपयोग गर्न सकेनन् । ५० औं मिनेटसम्म वेल्सले पोर्चुगललाई दबाबमा राखेको थियो । तर त्यसपछि खेल पोर्चुगलको पक्षमा गयो । वेल्सका ग्यारेथ बेलले पहिलो हाफमा एक पटक पोस्ट प्रहार गरेका थिए, तर त्यो गोलमा परिणत हुन भने सकेन ।

पोर्चुगल योसँगै दोस्रो पटक युरोकपको फाइनलमा प्रवेश गरेको छ । यसअघि सन् २००४ मा घरेलु मैदानमा भएको खेलमा पनि पोर्चुगल फाइनलमा पुगेको थियो । तर ग्रिससँग पराजित भएर उपविजेतामा सीमित भएको थियो । पोर्चुगलले अब फाइनलमा बिहीबार राति हुने फ्रान्स र जर्मनी बिचको दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ ।

About The Author

अन्य समाचारहरु: