Thu. Feb 27th, 2025

विषादीको प्रयोग न्युनिकरणको सन्देश दिँदै धादिङबेसीमा सडक नाटक प्रस्तुत

sadak-natak२१ असार,  धादिङ विषादीको प्रयोग न्युनिकरण गर्न सदरमुकाम धादिङबेसीमा मंगलबार सडक नाटक प्रस्तुत गरिएको छ ।

बाली संरक्षण निर्देशनालय हरिहर भवन, काठमाडौँ र खाद्य र कृषि संगठन (एफ.वो.ए.)को आयोजनामा सडक नाटक प्रस्तुत गरिएको हो । विषादी विष हो औषधी होइन भन्ने मुल नाराको साथ नाटक आयोजना गरिएको हो ।

किसानलाई विषादी प्रयोग न्युनिकरण गरेर एकिकृत शत्रुजीप व्यवस्थापन ( आइ.पी. एम) प्रविधिबाट तरकारी उत्पादन गर्न , व्यापारीलाई विषादीको प्रयोग गरेर उब्जनी गरेको तरकारी भन्दा पनि (आइ.पी. एम) प्रविधिबाट उब्जनी गरेको तरकारीको विक्रि वितरण गर्न र उपभोक्तालाई राम्रो र चम्किलो तरकारी भन्दा पनि विषादी कम प्रयोग गरेको स्वस्थ्य तरकारी खरिद गर्न जनचेतना फैलाउने लक्ष्य रहेको वाली संरक्षण अधिकृत मादव भट्टले बताए ।

सडक नाटकले विषादी प्रयोग गरेको तरकारीले स्वास्थ्यमा गरेको असरहरु जस्तै पेट दुख्ने, टाउको दुख्ने, महिलाहरुमा पाठेघर खस्ने जस्ता समस्याहरुको अभिनय माफत जनचेतना फैलाएको थियो ।

उक्त नाटकमा कुुसुम नाट्य समूहका विष्णु भक्त फुयाल, रमेश केसी मट्टारे, मञ्जु श्रेष्ठ, रञ्जु घिमिरे लगायतले अभिनाय गरेका थिए ।

About The Author

अन्य समाचारहरु: