Thu. Feb 27th, 2025

फल्यो चैते धान, भएन थन्क्याऊने स्थान

Dhan

अस्मिता खतिवडा / २१ असार,  धादिङ – भुकम्पले घर भत्किएपछि टहरामा बस्दै आएका भुकम्प पिडितलाई चैते धान कहाँ थन्क्याँउने भन्ने चिन्ताले सताउन थालेको छ । ओत लाग्ने छानो नभएको बेला वर्ष दिन खाने अन्न कहाँ थन्क्याऊने, अधिकांश भुकप्प प्रभावित कृषकहरुको गुनासो छ ।

बोरामा राखौँ धान उम्रेर कामै लाग्दैन, फिँजाएर राख्न टहरामा ठाऊँ नै पुग्दैन । निलकण्ठ नगरपालिका ९ की सावित्री लम्सालले समस्या पोखिन् । निलकण्ठ ९ कै उजेली श्रेष्ठको गुनाशो पनि उस्तै छ । उनि भन्छिन् – “सुत्ने बस्ने ठाऊँ त छैन कहाँ थन्काऊनु धान ?”

सेउलीबजारका रामजी लंसालले यसपाली १ रोपनी जग्गामा चैते धान रोपेका थिए । १ रोपनी जग्गामा ६ मुरी धान फल्यो ।  तर धान धेरै फल्यो भन्ने खुशी उनमा छैन । उनि भन्छन् – “धान बेचुम विक्दैन । बिकिहाले पनि मुल्य नै पाइंदैन । पछि आफुले महंगो मुल्य तिरेर किनेर खानुपर्छ । नबेचुम् कहाँ थन्क्याऊने ?”

२०७२ साल बैसाख १२ गते गएको विनाशकारी भुकम्पले घरगोठै भत्काएपछि अहिले अधिकांश कृषकमा अन्नबाली सहित आफ्नो समेत सुरक्षाको चिन्ता छ । भुकप्प प्रभावितहरु आशै आशामा सरकारको २ सहयोग लाख कुरेर बसिरहेका छन् ।

About The Author

अन्य समाचारहरु: