Sat. Mar 15th, 2025

इराकमा विष्फोट, ७९ जनाको मृत्यु

03072016025732bagdad-600x0१९ असार, ईराक ( एजेन्सी) – ईराकको राजधानी बग्दाद नजिकै कराडामा श्रृंखलाबद्ध बम बिस्फोट हुँदा कम्तिमा ७९ जनाको मृत्यु छन् भने  १ सय ३० भन्दा बढी घाइते भएका छन् ।

मृत्यु हुनेमा अधिकांश बालबलिका रहेको बीबीसीले जनाएको छ । रमदानको महिना चलिरहदा रेस्टुरेन्ट तथा बजार क्षेत्र नजिकै एउटा कार बम बिस्फोट गराइएको थियो ।

रमदानका लागि बजारमा किनेमेल गर्नेको भीड भएको समयमा बिस्फोट भएकाले बढी मानवीय क्षती भएको अधिकारीहरुले बताएका छन् ।

बजार क्षेत्रमा भएको बिस्फोटलगत्तै सिया मुस्लिमको बाहुल्य रहेको क्षेत्रमा अर्को बिस्फोट भएको थियो । ईस्लामिक स्टेट आईएसले बिस्फोटको जिम्मा लिएको छ ।

About The Author

अन्य समाचारहरु: