१९ असार, काठमाडौं – व्यवस्थापिका–संसद्को आजको दोस्रो बैठकको शून्य समयमा सांसदले संविधान जारी भएको नौ महिना बितिसक्दा पनि यसको कार्यान्वयनमा ध्यान नदिइएको भनी चिन्ता व्यक्त गरे।
संविधान कार्यान्वयनमा दलबीचमा राष्ट्रिय सहमति कायम गर्न तथा सरकार बनाउने र गिराउने खेलमा नलाग्न आग्रह गर्दै उनीहरूले देशका विभिन्न भागमा परेको अविरल वर्षात्का कारण उत्पन्न बाढीपहिरो पीडितको उद्धार र राहत वितरण गर्न सरकार र सदनको ध्यानाकर्षण गराए।
शून्य समयमा सांसद तेजुलाल चौधरी, प्रकाशचन्द्र पौडेल, दीर्घराज मगर, दिलशोभा पुन, निशाकुमारी साह, पार्वता डिसी चौधरी, प्यारेलाल राना र प्रेम सुवाल थिए। रासस