१६ असार, धादिङ – धादिङमा ९४ औँ अन्तराष्ट्रिय सहकारी दिवस मनाइएको छ । आर्थिक विकास र समाजिक रुपान्तरणका लागि सहकारी विषयक अन्तरक्रिया कार्यक्रम गरेर मनाइएको छ ।
द पावर टु एक्ट फर अ सस्टेनेबल फियुचर’ मुल नाराको साथ यो कार्यक्रमको आयोजना गरिएको हो ।
धादिङ जिल्ला सहकारी संघको आयोजनामा भएको कार्यक्रममा विभिन्न राजनैतिक दलका प्रतिनिधि, संद्दसंस्था तथा सहकारी संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि एवम् राष्ट्रिय सहकारी संघका अध्यक्ष केशवप्रसाद बडालले हाम्रो देश नेपाल गरिव होइन हामी नेपाली गरिब रहेको बताए । विकसित देशसँग पाठ सिकेर आइ परेका समस्याहरुलाई समाधान गरी आफ्नो देश विकास गर्नु पर्ने धारण व्यक्त गरे । यसको लागि व्यक्ति राष्ट्रको साथै सहकारीकोे साथ सहयोगको आवश्यकता रहेको बताए ।