Wed. Mar 5th, 2025

जोकोविच र फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा

atp-world-championship-१६ असार, धादिङ (एजेन्सी ) – विश्व नम्बर एक नोभाक जोकोविच र विश्व नम्बर तीन रोजर फेडेरर विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् ।

सर्वियाका जोकोविचले बुधबार राति भएको खेलमा एड्रियन म्यानारिनोलाई सोझो सेटमा हराएर तेस्रो चरणमा प्रवेश गरेका हुन् । उनले फ्रान्सका म्यानारिनोलाई ६–४, ६–३ र ७–६ को सेटमा हराएका हुन् । चोकोविचले अहिलेसम्म ३० वटा ग्राण्डसलाम उपाधि जितेका छन् ।

यस्तै अर्को खेलमा विश्व नम्बर तीन स्वीस रोजर फेडेररले बेलायतका मार्कस विलिसलाई हराएर तेस्रो चरणमा स्थान बनाएका हुन् । फेडेररले विलिसलाई ६–०, ६–३ र ६–४ को सेटमा हराएका हुन् ।

About The Author

अन्य समाचारहरु: