१३ असार धादिङ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु¬) धादिङले प्रवेशिका परीक्षा एस. एल. सी मा उत्कृष्ट अङक ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
सदरमुकाम धादिङबेसीमा सोमबार एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो । प्रवेशिका परीक्षा एस.एल.सी २०७२ मा ए, ए प्लस, बि, बि प्लस ल्याउने विद्यार्थीहरुलाई सम्मान गरेको छ ।
अनेरास्ववियु धादिङका जिल्ला संयोजक सुबिर बसुरालको अध्यक्षतामा भएको कार्यक्रममा अर्थ राज्य मन्त्री दामोदर भण्डारीको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा नेकपा एमालेका बैकल्पिक केन्द्रिय सदस्य खेम लोहोनी, नेकपा एमाले धादिङका अध्यक्ष भूमि त्रिपाठी, युवा सङगठन सचिवालयका सदस्य रमेश आचार्य,नेपाल पत्रकार महासंघका अध्यक्ष नवराज छत्कुली, धादिङ काठमाडौं सम्पर्क मञ्चका अध्यक्ष श्री कृष्ण अर्याल, लगाएतको सहभागिता थियो ।