Thu. Feb 27th, 2025

धादिङका किसानहरुद्धारा चिस्यान केन्द्रको माग

sarbajanik-sunai 2)रविना पौडेल / १३ असार,  धादिङ –  धादिङका किसानहरुले चिस्यान केन्द्रको माग गरेका छन् ।

धादिङको नलाङ गाँउ विकास समितिको वडा नं ३ बुङचुङमा सोमबार जिल्ला पशु सेवा कार्यलय धादिङद्धारा संचाालन गरिएको कार्यक्रमहरुको सावजनिक सुनुवाइ कार्यक्रममा चिस्यान केन्द्रको माग गरेका हुन् ।

बाख्रा पालक कृषक संघ धादिङका अध्यक्ष रेमनाथ भट्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन अधिकृत इमनाथ पौडेल, वरिष्ठ पशु विकास अधिकृत देवेद्र भगत, नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छत्कुली त्यस्तै सलाङ, नलाङ, कुम्पुरका कृषकहरुको सहभागिता रहेको थियो । कार्यक्रममा रेडियो धादिङका स्टेशन म्यानेजर राजाराम शर्माले उक्त कार्यक्रमको सहजीकरण गरेका थिए ।

सोही कार्यक्रममा जिल्ला कृषि विकास कार्यलयले संञ्चालन गरेको वार्षिक कार्यक्रमको पनि सावजनिक सुनुवाई गरिएको थियो । सेवाग्राहीहरुले राखेका जिज्ञासाहरुको बारेमा कृषि विकास कार्यलय धादिङका कषि प्रसार अघिकृत दुर्गा दक्त पन्थीले जानाकारी गराएका थिए ।

दुग्घ उत्पादक किसानले दुध उत्पादन गरे पनि संकलन केन्द्रको अभाव भएकोले व्यवस्थापन गरिदिन माग गरे चरिको धन चुच्चो भने जस्तै किसानहरुको धन भनेको गाईवस्तु , भैसी भएकोले बिपतको बेला ति बस्तुहरुको बिमा गरिदिन किसान राम प्रसाद सिवालले माग गरेका थिए ।

कुम्पुर ३ का राजु थपलियाले पशु सेवा कार्यलयका प्रविधिकहरु सेवा क्षेत्रमा नबसेको गुनासो गरे । नलाङ ८का रेमनाथ भट्टले बाख्राको स्रोत केन्द्र स्थापना गरिएकोले वनमा आश्रित हुनुपरेकोले वन पैदवार उपभोगको नयाँ नीति हुनु पर्ने बताए ।

तरकारीको उत्पादन हुने पकेट श्रेत्र सलाङ कुमपुरको मध्य भाग तरकारी व्यापार र व्यवसायलाई प्रभावित बनाउन लागि कोल्ड स्टोर स्थापना गर्नुपर्ने माग सबै किसानहरुले गरेका थिए ।

About The Author

अन्य समाचारहरु: