Thu. Mar 6th, 2025

भूकम्प पीडितलाई एकमुष्ठ २ लाख दिनुपर्ने माग गर्दै कांग्रेस धादिङद्धारा ज्ञापनपत्र बुझाइयो

gyapan-patra
१२ असार,  धादिङ – भूकम्प पीडितहरुलाई आवास निर्माणका लागि दिइने अुनदान रकम २ लाख रुपैया एकमुष्ठ प्रदान गर्नुपर्ने भन्दै नेपाली काँग्रेस धादिङले जिल्ला प्रशासन कार्यलय धादिङ मार्फत प्रधानमन्त्रीको कार्यलयलाई ज्ञापन पत्र बुझाएको छ ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पका कारण भौतिक संरचना र व्यापक धनजनको क्षति भएको भन्दै आवास निर्माणका लागि किस्ताबन्दीमा नभई एकमुष्ठ प्रदान गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाको नेतृत्वमा गएको टोलीले धादिङका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश सुवेदीलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउदै सभापति धमलाले भूकम्प प्रभावितहरुलाई राहत तथा पुर्ननिर्माणमा सरकारले ढिलासुस्ती गरेको एवम् पीडितको तथ्यांक संकलनमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

काँग्रेस कार्यकताहरुद्धारा नाराजुलुस सहित प्रशासन घेराउ गरेका छन् । काँग्रेस नेता तथा कार्यकर्ताहरुले  तथ्याङ्क विभागबाट तयार पारिएको तथ्याङ्कमा धेरै व्यक्तिहरुको घरधुरीको विवरण छुट भएकोले तत्काल समावेश गरी आवास निर्माण अनुदान २ लाख तत्कालै उपलब्ध गराउनु पर्ने माग राखेका छन् ।

About The Author

अन्य समाचारहरु: