१२ असार, धादिङ – पोर्चुगल युरो कपको क्वार्टर फाइनलमा प्रवेश गरेको छ। फ्रान्समा जारी गएराति भएको प्रि–क्वार्टरफाइनलमा क्रोएशियालाई अतिरिक्त समयमा हराउँदै क्रिष्टियानो रोनाल्डोको टोली युरो कपको अन्तिम ८ मा प्रवेश गरेको हो।
फ्रान्सको लेन्सस्थित स्टेट बोलार्ड डेलेसिस रंगशालामा भएको खेलको ११६ औं मिनेटमा सब्सिच्युड स्ट्राइकर रिकार्डो क्वारेज्माले गोल गर्दै पोर्चुगललाई महत्वपूर्ण जित दिलाए। क्रिष्टियानो रोनाल्डोको प्रहार क्रोएशियन किपरले क्लियर गरेपछिको रिवाउण्ड बललाई क्वारेज्माले गोललाईनबाट हेड मार्फत जाली चुमाएका थिए ।