Thu. Mar 6th, 2025

भूकम्पपीडितहरूलाई एकमुष्ट दुई लाख रुपियाँ दिन नसकिने भनेपछि संसद बैठक स्थगित

kp-oli
१० असार,  धादिङ –
कांग्रेसले भूकम्प पीडितलाई घर बनाउन दिने २ लाख रुपैयाँ अनुदान एकमुष्ठ रुपमा नदिएसम्म संसद चल्न नदिने अडान राखेपछि शुक्रबारको संसद बैठक स्थगित भएको छ । सूचना टाँस गरेर आइबारसम्मका लागि स्थगित गरिएको हो ।

यसअघि प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्ष दल कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवासँग भेट गरेका थिए ।

त्यस क्रममा ओलीले कांग्रेसले भने जसरी दुई लाख रुपियाँ एकमुष्ट दिन नसकिने बताएका थिए । तर, सभापति देउवाले भूकम्पपीडितलाई दुई लाख रुपियाँ एकमुष्ट दिनै पर्ने बताएपछि बैठक प्रभावित भएको हो ।ा

About The Author

अन्य समाचारहरु: