Thu. Feb 27th, 2025

महिला समूहलाई बाख्रा वितरण

goat
९ असार, धादिङ – धादिङको नीलकण्ठ नगरपालिका वडा नं ९ मा रहेको हरियाली महिला समुहले मंगलबार बाख्रा उपहार वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

एक्सन नेपाल, हेफर इन्टरनेशनल नेपाल र नीलकण्ठ नगरपालिका वडा नं ८ र ९ को सयुंक्त साझदारीमा सञ्चालित साना किसान उद्यमी सवलीकरण परियोजना अन्र्तगत समुहलाई बाख्रा उपहार वितरण गरिएकोे हो । समुहकी अध्यक्ष सरिता धमलाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा एक्सन नेपालका बोर्ड सचिव हरि बहादुर खतिवडाको प्रमुख आतिथ्य र नीलकण्ठ नगरपालिका वडा नं ८, ९ र १० का सयुंक्त वडा सचिव सरोज तिवारीको विशेष आतिथ्य रहेको थियो ।

कार्यक्रममा एक्सन नेपालका कर्मचारीहरु, स्थानिय राजनितिक दलका प्रमुख एवम् प्रतिनिधि, वडा नागरिक मञ्चका सयोंजक, स्थानिय विद्यालयका प्रधानाध्यपक, परियोजनाका कर्मचारीहरु बुद्धिजिवि तथा समाजसेवि र महिला समुहका सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रममा महादेबस्थान महिला समुह टार गाउँ महिला समुह कालीका र शान्ति महिला समुहका ५७ जना महिला सदस्यहरुलाइ ५७ वटा बाख्रा उपहार प्रदान गरिएको थियो ।

त्यस्तै आजै एककार्यक्रमका विच परियोजनाका प्राविधिक सयोंजक सुवास खतिवडालाई कार्यसफलताको शुभकामना सहित विदाइ गरिएको छ ।

About The Author

अन्य समाचारहरु: