Fri. Jan 31st, 2025

ऊर्जा मन्त्रीद्वारा माथिल्लो त्रिशूली आयोजनाको निरीक्षण

 ९ असार, रसुवा-  उपप्रधान एवम् ऊर्जामन्त्री टोपबहादुर रायमाझीले आज रसुवा र नुवाकोटको सिमानामा निर्माणाधीन ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली थ्रि ए जलविद्युत् आयोजनाको निरीक्षण गरेका छन् ।

रसुवाको डाँडा गाउँ, ठूलो गाउँ तथा नुवाकोटको मनकामना गाविसको इलाकामा रहेको सो जलविद्युत् आयोजना मन्त्री रायमाझीसँगै संसदीय समितिका पदाधिकारीसमेतले निरीक्षण गरेका  रसुवाका प्रजिअ कृष्णप्रसाद अधिकारीले जानकारी दिए ।
भूकम्पपछि उक्त आयोजनाको निर्माणले गति पाउन नसकेको प्रविधिज्ञहरूले बताएका छन् । निरीक्षणपछि मन्त्री रायमाझीले प्राकृतिक विपद्पछि आयोजनाको निर्माण कार्य क्रमिक रुपमा अगाडि बढाउन सरकारले सहयोग गर्ने बताएका छन् । रासस 

About The Author

अन्य समाचारहरु: