Thu. Feb 27th, 2025

कृषि अनुदानमा सञ्चालित तरकारीबालीको अनुगमन

anugaman 1६ असार, धादिङ – नेपाल सरकारले कृषि पेशा अवलम्बन गरेका युवा कृषकहरुलाई लक्षित गर्दै युवा लक्षित व्यावसायिक तरकारी उत्पादन कार्यक्रम सञ्चालन गरेको छ ।

जिल्ला कृषि विकास कार्यलय धादिङ मार्फत तरकारीको पकेट क्षेत्र मानिने धादिङका विभिन्न गाँउ विकास समितिमा युवाहरुले उक्त कार्यक्रम मार्फत आफ्ना कृषि व्यवसाय सञ्चालन गरिरहेका छन् ।

anugaman 2

यसै क्रममा जिल्ला कृषि विकास कार्यलय धादिङको अनुदानमा संचालन गरिएको कृषिबालीको सोमबार अनुगमन गरिएको छ । अनुगमनमा कृषकले लगायका तरकारी बालीको बारेमा टोलीले जानकारी लिएको छ । जिल्लाको कुम्पुर – २, कुम्पुर – ३, बेनिघाट – ८ लगायतका ठाँउहरुमा किसानहरुले लगाइएका तरकारी बालीले जिल्लाको मुहार नै फेरिएको अनुगमन टोलीले बताएको छ ।

anugaman 3
जिल्लाको कुम्पुर, सलाङ, वेनिघाट, धुषा लगायतका विभिन्न ठाँउहरुमा व्यावसायिक रुपमा कृषकहरुले तरकारी बाली उत्पादन गरेर मनग्य आम्दानी लिएका छन् । जिल्ला कृषि विकास कार्यलय धादिङको ४० हजार अनुदानमा व्यावसायिक रुपमा तरकारीबाली सुरु गरेका कुम्पुर २का कुमारी घलेले अहिले तरकारी बेचेर राम्रो आम्दानी गर्न सफल भएकी छिन् । ५ रोपनी जग्गामा घेरैला लगाएर ५ लाख आम्दानी गर्न सफल भएकी छिन् ।

त्यस्तै वेनिघाटमा रहेको पशु फार्मको पनि अनुगमन गरिएको छ ।

gai-farm

अनुगमनका क्रममा सहायक प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, जिल्ला वन अधिकृत इमनाथ पौडेल, कोष तथा लेखा नियन्त्रक कार्यलयका प्रमुख यज्ञ प्रसाद ढकाल, भूसंरक्षण कार्यलय धादिका प्रमुख राजु सापकोटा, वरिष्ठ कृषि विकास अधिकृत महेन्द्रराज कौडाल, प्रहरी उपरीक्षक शरदप्रसाद खत्री, वरिष्ठ पशु विकास अधिकृत देवेन्द्र भगत लगायत सरकारी कार्यलयका प्रमुख तथा प्रतिनिधि, संघसंस्थाको टोली सहभागीता रहेको थियो ।

About The Author

अन्य समाचारहरु: