Fri. Mar 14th, 2025

कर्मचारी आवश्यकता

sahayatri samaj

केएर नेपालसंगको साझेदारीमा सहयात्री समाज नेपालले संचालन गर्न लागेको लैङ्गिकताको आधारमा हुने हिंसा विरुद्धको कार्यक्रमको लागि बसेरी, बूढाथुम, मूलपानी, फूलखर्क, आगिञ्चोक, सल्यानटार गाविसमा निम्न कर्मचारी आवस्यक भएकाले इच्छुक योग्यता पुगेका नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।

पद :   केस म्यानेजर
संख्या  :  १ (महिला)  जना
योग्यता :
–     स्नातक तह उर्तिण गरेको
–     सम्बन्धित क्षेत्रमा कतिमा पनि ३ वर्ष काम गरेको अनुभव भएको
–     लैङ्गिकताका आधारमा हुने हिंसाका घटना व्यवस्थापन गर्ने सीप र अनुभव भएको
     महिलासंग सम्बन्धित कानुनका बारमा ज्ञान भएको
     कम्युटर (MS Office) मा दक्षता भएको
     दलित जनजाति र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ

पद :   जिविभि अफिसर
संख्या  :  १ (महिला)  जना
योग्यता :  
     सम्बन्धित क्षेत्रमा काम गरेको कम्तिमा ३ वर्षको अनुभव भएको
     तालिम तथा अभिमुखिकरणको सहजीकरण गर्ने सीप भएको
     योजना निमार्ण तथा प्रतिवेदन लेखन क्षमता भएको
     कम्युटर (MS Office) मा दक्षता भएको
     दलित जनजाति र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ

पद :   सामाजिक परिचालक
संख्या  :  ६ (महिला)  जना
योग्यता :  
–     प्रविणता प्रमाणपत्र तह उर्तिण गरेको
     सामाजिक परिचालनको क्षेत्रमा कम्तिमा १ वर्ष काम गरेको अनुभव
     सम्बन्धित गाविसमा बसोबास भएको
–     दलित जनजाति र पछाडी पारिएका महिलाहरुलाई विशेष प्राथामिकता दिइने छ

यस सूचना प्रकाशन भएको मितिले ७ दिन भित्र वा २०७३ असार १२ गते ५ बजे भित्रमा सहयात्री समाज नेपालको कार्यालय धादिङवेसीमा वा संस्थाको इमेल ठेगाना sahayatrisamaj@gmail.com पठाउनु पर्नेछ
सूचि संक्षेपिकरणमा परेका उम्मेरद्धारहरुलाई मात्रै लिखित र अन्र्तवार्तामा सहभागि गराइने छ ।

About The Author

अन्य समाचारहरु: