Tue. Mar 4th, 2025

मेस्सीले तोड्दै छन् कीर्तिमान

६ असार, धादिङ – कोपा अमेरिका फुटबलमा राम्रो प्रदर्शन गरिरहेको अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने कीर्तिमानमा बराबरी गरेका छन् । मेस्सीले अहिलेसम्म राष्ट्रिय टिमबाट ५४ गोल गरेका छन् । कोपा अमेरिकाको क्वाटरफाइनल अन्तर्गत आइतबार बिहान भेनेजुएलालाई ४–१ ले हराउँदा एक गोल गरेका मेस्सीले गाब्रिएल बातिस्तुताको कीर्तिमानसँग बराबरी गरेका हुन् । बातिस्तुताले पनि राष्ट्रिय टिमबाट ५४ गोल गरेका थिए । मेस्सीले अब अमेरिकासँग हुने सेमिफाइनलको क्रममा गोल गरे भने बातिस्तुताको कीर्तिमान भंग गरेर सर्वकालिन सर्वाधिक गोलकर्ता बन्ने छन् । मेस्सीले आफ्ना लागि व्यक्तिगत उपलब्धी भन्दा पनि टिमको जित महत्वपूर्ण रहेको बताए । तर अर्को बातिस्तुता बन्न पाउँदा खुसी भने लागेको बताए ।

– एजेन्सीको सहयोगमा

About The Author

अन्य समाचारहरु: