Wed. Mar 5th, 2025

पोर्चुगल युरोकपको दोस्रो खेलमा गोलरहित बराबरीमा रोकियो

ronaldo५ असार, धादिङ – पोर्चुगल युरोकपको आफ्नो दोस्रो खेलमा गोलरहित बराबरीमा रोकिएको छ । कप्तान क्रिष्टियानो रोनाल्डोले दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गर्न नसकेपछि बराबरीमा रोकिएको हो ।

शनिबार राति पेरिसमा भएको खेलमा पोर्चुगल अस्ट्रियासँग गोल रहित बराबरीमा रोकिएको हो । अस्ट्रियाका डिफेन्डरले पेनाल्टी एरियामा रोनाल्डोलाई लडाएका थिए । त्यसपछि पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्नबाट चुके ।

रोनाल्डोको प्रहार बारमा लागेर फर्कियो । समूहका दुई खेलमा पोर्चुगलले जित निकाल्न सकेको छैन । पहिलो खेलमा आइसल्याण्डसँग १–१ को बराबरीमा रोकिएको पोर्चुगलका लागि अब हंगेरीसँगको अन्तिम खेल गर या मरको हुनेछ ।

बलमा नियन्त्रण पोर्चुगलले धेरै गरेको भएपनि गोल गर्न भने सकेन । पेनाल्टीमा चुकेका रोनाल्डोले त्यसपछि हेड मार्फत गरेको प्रहार अफसाइड भएको थियो । पोर्चुगल समूहको खेल खेल मात्रै बाँकी हुँदा पहिलो जितको खोजीमा छ । यस्तै पहिलो हाफमा रोनाल्डोले गरेको प्रहार अस्ट्रियाका गोलरक्षक रोबर्ट अलमेरले जोगाएका थिए । यस्तै नानीको प्रहार पनि अलमेरले जोगाएका थिए ।

About The Author

अन्य समाचारहरु: