रविना पौडेल –
नीजि विद्यालयको १३ वर्षको अनुभव बटुलेर सामुदायिक वातावरण चाख्ने लक्ष्य लिएर म नीलकण्ठ उ.मा.वि मा प्रमाण प्रत्र तहको शिक्षा लिन गएँ । त्यहाँको वातावरणको अवलोकन गर्दा मलाई छुटै पनको अनुभुति भयो ।
एल. के. जि मा का पढदा ढुङगाले किचिएको हात यही हो जेले आज कलम समाई रहेकी छु । एक कक्षामा घाँस खाएको मुख यही हो जुनले आज समाज रुपान्तरणलाई आवाज उठाइ रहेको छ । जीवनमा मैले पढ्नुपर्छ भन्ने कुरा त जाने तर केका लागि कस्का लागि र किन भन्ने चाही बल्ल आज अनुमान गर्न सक्ने भएकी छु । हिजो पनि मैले पढ्न त पढेँ तर त्यो पढाई गुरुको खातिर थियोे । हिजो पनि मैले मेहेनत त गरेँ तर त्यो मेहनत केवल अभिभावकको लागि समर्पित थियो । तर अहिले मैले आफ्नो भविष्यको लागि भनेर पढिरहेकी छ,ु मेहनत गरिरहेकी छु ।
मैले त्यो १३ वर्ष सम्म गुरु र चेलाको अर्थ र सम्बन्द बुझ्न सकिन छु भन्ने लाग्छ । हिजो शिक्षकको पेशा लागेको शिक्षा आज आफ्नो ज्ञान, जोती र उहाँहरुको देह लाग्न थालेको छ । त्यसैले आज उहाँहरुमा भगवान्को रुप देख्न थालेकी छु । उहाँहरुको त्यागलाई कदर गर्न नसक्नुमा सायद हाम्रो पनि गल्ती त थियो होला तर यसको पछाडि शैक्षिक वातारणको पनि हात हुनुपर्छ । उसले पनि नसिकाएकै हो ।
आफैँले नै बोक्न नसक्ने, भारी भरिको किताब, गरुको गृहकार्यले सँच्चै मेरो बाल अधिकार हनन् भएको रहेछ भन्ने लाग्छ सधै डर र त्रासमा राख्ने गुरुको शिक्षाले बोदो र भुक्तो भएको महसुस भएको छ ।
हुनत विद्यालयको पनि त बाध्यता छ अभिभावकले सधै परीक्षाको नतिजा मात्र हेर्नुहुन्छ । एक नम्बर मात्र तल माथि भयो भने घरमा मात्र होइन छोराछोरीलाई स्कुलमा पनि आएर गुरुहरुद्वारा यातना दिइन्छ । आफ्नो रुची, जिज्ञासाहरुको महत्व छैन । पसलमा राखेको फर्सिको मुन्टाको दर्जा विद्यार्थीले पाइरहेका छन् । विद्यालय र अभिभावकको कारोवारले विद्यार्थीहरुलाई साँच्चै पीडित बनाएको छ । शिक्षालाई पैसासँग कहिल्यसम्म साटासाट् गर्ने हुन् यीनिहरुले थाहा छैन ।
पैसा अनुसारको स्वाद र मिठास नभए तरकारी व्यापारीलाई जस्तै भन्नु भन्नुहुन्छ । तर आफूले पकाउनु पो नजानेको हो कि भनेर कहिल्यै अर्को मनले सौच्दैनन् । त्यस्तो तरकारीले त कहिल्य काँही मुल्य अनुसारका स्वाद दिँदैन भने ति बालबालिकाहरु त मान्छे हो कसरी दिन सकुन । मेवाको स्वाद पाउन मेवा नै खानु पर्छ । उखु खाएर त मेवाको स्वदपाइँदैन नि । त्यसैले जसको क्षमता जे –जस्तो छ, जो जेमा राम्रो छ, त्यतै जाने अवसर दिनुपछ । हुदै नभएको स्वदको अशा गरेर लाठीचार्ज गर्ने, दबाब दिने गाली बेइज्जती गर्ने होइन नी । तर यो कुरो कहिल्य उहाँहरुले बुझिदिने र विद्यार्थीहरुल राहत पाउने थाहा छै्रन ।
सधै त्यही किताबको किरो भएर पुर्णाङ्क नै ल्याए पनि यदि कम्प्यिुटर, इन्टरनेट सामाजिक सञ्जालको ज्ञान भएन भने, धर्म
संस्कारको ज्ञान बारे थाहा भएन भने समय परिस्थितिको ज्ञान शीप र शिक्षा भएन भने त्यो पढाइको कुनै औचित्य रहँदैन । त्यहाँ माथि हाम्रो देशको शैक्षिक प्रणलीले समय अनुसार गति लिनसकेको छैन । बीस वर्ष अगाडिको पढाइ प्रक्रियाले आजको आवस्यकतालाई परिपुर्ति गर्न सक्दैन, आजको विश्वलाई देखाउन सक्दैन, आजको विश्वले देख्न सक्दैन । आज भोलिको पढाई त इमेलमा हुनुपर्छ इन्टरनेटमा वा गुगलमा हुनुपर्छ । स्कुलले छानेको किताबले मात्रै पुग्दैन । त्यसैले आफ्ना बाबुनानीहरुलाई यस्ता स्वतसाधनहरुबाट बञ्चित गराउनु हँुदैन । तर हाम्रा अभिभावकहरुलाई आफ्ना बाबुनानीहरु भन्दा पनि इज्जत र पैसा प्यारो हुन थालेको छ । त्यही अभिभावकलाई नरिजाई विद्यालय चल्दैन । व्यावसाए डामाडोल हुन्छ । अनि के गरोस्् विद्यालयले पनि ?
घरमा भएका आफ्ना छोराछोरीलाई त हेरचाहा गर्न नसक्ने अभिभावकहरुले स्कूलमा चाही के गर्न सक्छन भन्ने सोचेर समस्या सुनाउहुन्छ कुन्नी ? त्यति धेरै विद्यार्थीहरुलाई एक विद्यालयले सम्झाएर फकाएर स्वतन्त्र रुपमा पढाउन पनि सक्दैन र विद्यार्थीहरु अभिभावक गुरु दुवै बाट त्यी बालबालिकाहरुलाई दबाब पर्छ र मानसिकतामा असर पर्छ । यो कुरो कहिल्य अभिभावकहरुले बुझ्ने र छोराछोरी वा विद्यार्थीहरुले लाभ लिने । त्यहाँ पढाउने गुरुको कुनै मान छैन । हाम्रै पैसाले जागिर खाएको हो भन्ने विद्यार्थीको मानसिकता र त्यहाँ माथि सधै डर त्रासमा राख्ने गुरुहरुको बानीले गर्दा नै गरुचेलाको सम्बन्ध राम्रो हुन सकिरहेको छैन ।
आफ्ना गुरुहरुबाट त कहिल्य काहीँ सुन्ने गरेको गुरुचेलाको सम्बन्ध मैले अहिले प्रतक्ष्य देख्न पाएकीे छु । जहाँ गुरु भगवान् हुनुहुदो रहेछ । अभिभावक मात्र नभइ कर्म र भविष्य दिने बुबाआमा हुनुहुदो रहेछ । कहिले आप्mनो मिल्ने साथी बनिदिनुहुँदो रहेछ जो सँग आफ्नो मनको सबै कुरा पोख्न मन लाग्दो रहेछ अनि मानसम्मान मन बाट आफैँ पलाउदो रहेछ । यो वातावरणमा न मैले कुनै यतना भेटे न त घृणा र अपमान् नै तर जीवन उपभोगि शिप सिक्न पाएकी छु ।
तर यो भन्दैमा सामुदायिक विद्यालय कै पढाई राम्रो नीजि विद्यालयको चाहीँ नराम्रो भन्न खोजेको चाही होइन । यो दुवैमा आफ्नै खालको विशेषता छ । नीजिमा जस्तो सेवासुविधा र सामुदायिकमा जस्तो वातावरण यदि हामीले कुनै विद्यालयमा बनाउन सक्यौ भने त्यो विद्यालय औधि राम्रो हुन्छ । तर त्यसको लागि न त हाम्रो सरकारले सबै विद्यालयमा चाहिने सेवा सुविधा दिएर सबै विद्यार्थीहरुलाई पढाउन सक्छ न त नीजि विद्यालयका अभिभावकले नै साथ दिनुहुन्छ ।
प्रत्येकवर्ष नीजि विद्यालयका विद्यार्थीहरु सामुदायिक विद्यालय गइरहेका छन् । आफ्ना छोराछोरीहलाई नीजि विद्यालयबाट सामुदायिक विद्यालयमा पठाउँदा अभिभावकहरुलाई आर्थिक लाभ अनि विद्यार्थीहरुलाई स्कोलरशिप, रोजगार आदिमा लाभ त होला नै तर यस्तो गरिब देशको ढुकुटि रित्ताउँदा हुँदाखानेहरुलाई नै मार पर्ने पो हो की भन्ने डर मात्र हो । गरिबका छोराछोरीले अवसरबाट वञ्चित हुनु पर्ने र हनेखानेलाई चाही चैन हुने खतरा बढ्दै गएकोले शिक्षामा धनी र गरिबको खाडल झनै फैलि रहेको छ । त्यसैले यही नै समस्याको समाधान भने होइन भन्ने लाग्छ ।
नीजिमा नै सामुदायिकको जस्तो आवश्याक स्वतन्त्रताभावमा दबाबमुक्त वातावरणको विकास गरेर हुनेखानेका छोराछोरीहरुलाई त्यही पढ्ने व्यावस्था मिलाई हुँदाखानेको लागि चाहीँ सरकारले आवश्यक सुविधा दिएर सामुदायिक विद्यालयमा अध्यायन गराई शिक्षा प्रणलीलाई रुपान्तरण गर्न सके शिक्षा प्रणालीले कुनै खतरा, समस्याहरु झेल्नु पर्ने थिएन ।