४ असार, भारत – भारतको एक बैंकर पत्नी आफ्नो पतिसँग हनिमुन मनाउन जाँदा जाँदै एक्कासी बिच बाटैबाट गायब भएकी छिन् ।तीन बर्ष अगाडि बिहे गरेका बैकरले आफ्नो पत्नीलाई आफूसँगै राखेका थिएनन् ।
पछिल्लो समय पत्नीलाई खुशी पार्नका लागि उनले दार्जलिङमा हनिमुन मनाउने निर्णय गरेर घरबाट निक्लेका थिए । तर दुर्भाग्य उनकी पत्नी उनलाई छाडेर रेलबाटै अर्कैसँग टाप कसेकी छिन् । बास्तवमा उनकी पत्नीलाई आफ्नो श्रीमान मन नपरेको र त्यसैका कारण अर्कै प्रेमीका साथमा भागेको बुझिन आएको छ ।घटना सोमबारको हो ।
सोमबार बैंकर पती आफ्नी पत्नी स्मीताको साथमा हनिमुन ट्रिपका लागि जलपाईगुडी जाने रेलमा चढेका थिए । तर रेल कटिकार पुग्नु अघि नै उनको पत्नी बेपत्ता भइसकेकी थिइन् । उनले यस सम्वन्धमा कटिहार प्रहरीमा रिपोर्ट समेत गरेका छन् । यसै बिच उनकी पत्नी स्मीताले भने आफू सुरक्षित रहेको भन्दै उनको पिताजीलाई फोन सम्पर्क गरिसकेकी छिन् ।
उनका अनुसार उनी आफ्नो पतिसँग खुशी नरहेको र उनले अरु कसैलाई मन पराएको बुझिन आएको छ । उनले भनेकी छिन म सुरक्षित छु म अब पटनामै बस्न चाहन्छु ।