सन्तोष अधिकारी / २ असार, कोरिया – धादिङको कल्लेरी गाविस निवासी केदार भट्टको परिवारका सदस्यहरु सबै अपाङ्ग छन् ।
उनको आमा, श्रीमती र बहिनी गरी ४ सदस्य रहेको उक्त परिवारमा कसैले आफ्नो पनि कुनै कार्य एक्लैले गर्न सक्दैनन् । न त खाना बनाएर नै खान सक्छन् न सामान्य हिंडडुल गर्न ।
सुरुमा ३ सदस्यीय अपाङ्ग परिवारलाई सघाउन भनी बिहे गरि आएकी केदारकी श्रीमती सुरुको अवस्थामा सबै कार्य राम्ररी गर्दै परिवारलाई सघाउंदै आएकी थिइन् तर केहि वर्ष अघिबाट उपचार अभावकै कारण उनले पनि दुवै आँखाको ज्योति गुमाईन् । अहिले उनी थलिएकी छिन् ।
परिवारका सबै सदस्य थलिएपछि भट्ट परिवारमा अहिले आर्थिक समस्यासँगै हेरचाह्र गर्ने कोही पनि छैनन । उनीहरुका पीडा तथा समस्यालाई विभिन्न सञ्चारमाध्यम मार्फत सहयोगका लागि अपिल गरिएको छ । र सहयोगी मनहरु पनि आइरहेको छ ।
उनको परिवारको उपचारका लागि दक्षिण कोरियामा सहयोग स्वरूप रकम संकलन अभियान संचालन गरिएको छ । सामाजिक क्षेत्रमा सक्रिय दर्जन बढी व्यक्तिहरु द्वारा सामुहिक रुपमा संचालित उक्त अभियानको संयोजक काभ्रे निवासी गोबिन्द गौतमले गरिरहेका छन् ।
झन्डै ३ सय जना बाट अहिले ६ लाख २९ हजार ६ सय ६४ रुपैया संकलन भएको छ । विभिन्न सामाजिक सञ्चाजहरु मार्फत उनको परिवारको सहयोगका लागि अभियानहरु संचालन भइरहेको छ । यदि हाम्रो समाजलाई साँच्चै सकारात्मक रुपमा अगाडी बढाउनु छ भने यस्ता व्यक्तिगत स्वार्थ र चर्चाको लागि मरिमेट्नेहरुलाई निरुत्साहित गर्नुपर्ने तथा कसैले पनि बुझेर साथ सहयोग र समर्थन गर्न नहुने कुरा समेत एक अभियन्ताले प्रस्तुत गरे ।
कोरियामा संकलित सहयोग रकम आवास गृहमा उपस्थित भई इन्द्रेणी ग्रुपको साथमा कोरियाबाट गएका “अपाङ्ग भट्ट परिवार सहयोग अभियान दक्षिण कोरिया”का अभियन्ता बिक्रम ठकुरी द्वारा हस्तान्तरण गरिएको छ । सहयोग रकम ६ लाख २९ हजार ६ सय ६४ रुपैयाँ मध्ये ५ लाख ३५ हजार रुपैयाँ भट्ट परिवारलाई हस्तान्तरण गरियो भने बाँकि रकम बाट उनीहरुले आवास तथा संरक्षण लिईरएका गृहको आवश्यकता तथा समस्यालाई मध्यनजर गर्दै ४० इन्चको सामसुङ टेलिभिजन र सामसुङकै १९० लिटर साईजको फ्रिज सहयोग हस्तान्तरण गरिएको छ ।