Wed. Mar 5th, 2025

स्पेन जर्जियासँग १-० ले पराजित

foodball२६ जेठ, धादिङ – अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेन पराजित भएको छ । युरोकप फुटबल अघिको अन्तिम मैत्रीपूर्ण खेलमा स्पेन जर्जियासँग १–० ले पराजित भएको हो ।

स्पेनको गेटाफे मड्रिडमा मंगलबार राति भएको खेलमा ४० औं मिनेटमा टोर्नाइक ओक्रिएश्भिलीले गरेको गोल नै जर्जियाको जितमा निर्णायक बन्यो । स्पेन च्याम्पियन्स लिग फाइनलपछि पहिलोपटक रियल मड्रिड र एथ्लेटिको मड्रिडका खेलाडीसहित खेलेको थियो । तर यो खेलमा स्पेनले राम्रो प्रदर्शन गर्न सकेन ।

सन् २०१५ को मार्चदेखि अहिलेसम्म ११ खेलमा अपराजित रहँदै आएको स्पेनी टिम विश्व बरियतामा एक सय ३७ औं स्थानमा रहेको जर्जियासँग पराजित भयो । स्पेन यसअघि सन् २०१५ को मार्चमा नेदरल्याण्डससँग २–० ले पराजित भएको थियो ।

 

About The Author

अन्य समाचारहरु: