Sat. Mar 15th, 2025

चीनको विश्वविद्यालयमा नेपाली विद्यार्थी उत्कृष्ट

China-Flag२६ जेठ, धादिङ – चीनको साउथइस्ट युनिभर्सिटी (सेउ) को ११४ औँ स्थापना दिवसका अवसरमा पहिलो पटक नेपाली विद्यार्थी डा. तेज्सु सिंह मल्ललाई ‘आउटस्ट्यान्डिङ स्टुडेन्ट’ अवार्ड प्रदान गरिएको छ ।

झण्डै ३२ हजार विद्यार्थी रहेको यो युनिभर्सिटीमा नेपाली विद्यार्थी उत्कृष्ट भएका हुन् । सोमबार आयोजित कार्यक्रममा उहाँलाई अवार्डबाट सम्मान गरिएको थियो ।

युनिभर्सिटीमा १०० मुलुकका झण्डै दुई हजार विद्यार्थी अध्ययनरत छन् । उनी युनिभर्सिटीमा अन्तर्राष्ट्रिय विद्यार्थी सद्भावनादूतका साथै अन्तर्राष्ट्रिय सञ्चार शाखाका सदस्यसमेत छन् । डा। मल्ल अहिले स्नातकोत्तर तहमा नेत्र विज्ञान विषय अध्ययनरत छन् ।

मल्लकी आमा चिकित्सक सुशीला मल्लले छोराले पाएको अवार्डले अन्य नेपाली विद्यार्थीलाई समेत प्रेरणा दिने बताइन् । अवार्ड पढाइका साथै अन्य अतिरिक्त क्रियाकलापमा समेत उत्कृष्ट हुने विद्यार्थीलाई प्रदान गरिन्छ । रासस

About The Author

अन्य समाचारहरु: