२५ जेठ, धादिङ – धादिङको मुलपानी गाउँ विकास समितिलाई पूर्ण खोप गाविस घोषणा गरिएको छ ।
‘स्थानीय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चितता मुलपानी बासीको प्रतिबद्धता’ भन्ने नाराको साथ मंगलबार मुलपानी ५ मा एक कार्यक्रमको आयोजना गरि पूर्ण खोप गाविस घोषणा गरिएको हो ।
जिल्ला स्वास्थ्य कार्यलय धादिङ र मुलपानी स्वास्थ्य चौकीको संयूक्त आयोजना कार्यक्रम गरिएको हो ।
मुलपानी गाविसलाई जिल्लाको ६ औँ पूर्ण खोप गाविसको रुपमा घोषणा गरिएको हो । यस अघि साविकको मुरलीभन्ज्याङ, मैदि र ढोला, सल्यानकोट र फूलखर्क गाविस पूर्ण खोप गाविस घोषणा भैसकेका छन् ।
१२ महिना देखि २३ महिना सम्मका सबै बालबालिका र एक बर्ष उमेर भएका बालबालिकाले पूर्ण खोप पाएको घोषण गरिएसँगै गाविसलाई पुर्ण खोप गाविस घोषण गरिएको हो ।
मुलपानी स्वास्थ्य चौकी व्यवस्थापन समितिको अध्यक्ष शम्भुकुमार थापाको अध्यक्षता भएको कार्यक्रममा धादिङ क्षेत्र नं १ का माननीय सांसद धन बहादुर घलेको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा जिल्ला स्वास्थ कार्यालय धादिङका जनस्वास्थ्य प्रमुख जीवनकुमार मल्ल, गाविस भरिका विभिन्न सङ्घ संस्थाका प्रमुख तथा प्रतिनिधि र राजनीतिक दलका प्रतिनिधिहरु, स्वास्थ्य स्वयसेवीका लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा घरघरमा सफा चर्पी हामी जिम्मेवार, स्वच्छ पानी, स्वस्थ बानी हाम्रो सरोकार भन्ने नाराका साथ सत्रौ राष्ट्रिय सरसफाइ सप्ताह २०७३ को अबसरमा आयोजित लोकगीत प्रतियोगितामा पनि सम्पन्न भएको छ ।कार्यक्रम सहयायात्री समाज र केयर नेपाल सहयोगमा सञ्चालन भएको थियो । कार्यक्रममा ७ ओटा समूहको सहभागिता रहेको थियोे ।