Sat. Mar 15th, 2025

श्रीलंकामा सेनाको बिस्फोटक पदार्थ भण्डारमा आगलागी

aaglagi-sirlanka२४ जेठ, धादिङ – श्रीलंकामा सेनाको एक क्याम्पमा बिस्फोटक पदार्थको भण्डारमा आगलागी भएको छ ।

राजधानी कोलम्बो नजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो । बिस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै बिस्फोट भएका छन् । बिस्फोटपछि क्याम्प नजिकका बासिन्दा सुरक्षित स्थानको खोजीमा घर बाहिर निस्केका छन् ।

बिस्फोटका कारण कम्तिमा एक सैनिकको ज्यान गएको तथा दुई सैनिक घाइते भएको स्थानीय टेलिभिजन सिरासालाई उद्धृत गर्दै समाचार संस्था एएफपीले जनाएको छ । प्रहरीले भने तीन जना घाइते भएको र उनीहरुलाई अस्पताल लगिएको जनाएको छ । बिस्फोटक पदार्थका दुई वटा गोदामसम्म आगो फैलिएकाले नियन्त्रणमा लिन समस्या भएको श्रीलंकाका कानुन व्यवस्था मन्त्री सागला रत्नायकेले बताए ।

अहिलेपनि आगो निभाउने प्रयास भइरहेको छ । सेनाको हातहियार तथा गोलाबारुदको भण्डार सलावामा भएको आगलागी तथा बिस्फोटको घटनाको छानबिनको जिम्म प्रहरीको सिआइडीलाई दिइएको छ । तीन किलोमिटर परसम्म बिस्फोटक पदार्थका पुगेको छ ।

About The Author

अन्य समाचारहरु: