Thu. Mar 6th, 2025

नेकपा एमाले केन्द्रीय विभागमा धादिङबाट को को परे ?

UML-Party-Office-Dhumbarahi

२२ जेठ, धादिङ – सत्तारुढ नेकपा एमालेले महाधिवेशन सम्पन्न भएको २३ महिनापछि आफ्ना केन्द्रीय विभागहरुलाई पूर्णता दिएको छ ।

कार्यदलले सबै विभागका प्रमुख र उपप्रमुखसँग छलफल गरी विभागहरुमा मनोनयनको विवाद टुंगो लगाएको छ । र, एमालेले शुक्रबार पार्टी मुख्यालयमा पत्रकार सम्मेलन गरेर विभागहरुले पूर्णता पाएको जानकारी दिएको छ ।

एमालेले ३१ विभागमध्ये पार्टी स्कुल, वैदेशिक मामिला, प्रचार, राजकीय मामिला, अर्थ तथा योजना, स्थानीय विकास, युवा तथा खेलकुद, उद्योग तथा वाणिज्य, शिक्षा तथा मानवस्रोत, न्याय तथा कानून, उपभोक्ता हित संरक्षण तथा सुशासन, सामाजिक सेवा लगायतका २० वटा विभागमा २५र२५ जना सदस्य राखेको छ ।

संगठन र संसदीय विभागमा भने २१ जना सदस्य मात्र मनोनयन गरिएको छ भने आर्थिक विभागमा तीन जना मात्र छन् ।

अर्थ तथा योजना विभाग प्रमुख सुरेन्द्र पाण्डे, निर्वाचन विभाग प्रमुख राजेन्द्र पाण्डे, स्थानीय विकास विभाग प्रमुख किरण गुरुङ, सहकारी तथा गरिबी निवारण विभाग प्रमुख पशुपति चौलागाईं, शहरी विकास विभाग प्रमुख श्रीमाया थकाली र पार्टी स्कुल विभागका उपप्रमुख शंकर पोखरेललाई संगठन विभागको सदस्य बनाइएको छ ।

धादिङबाट को को परे ?
अर्थ तथा योजना विभाग
– सुरेन्द्र पाण्डे– प्रमुख

कृषि तथा भूमिसुधार विभाग
– कुमारप्रसाद पाण्डे

न्याय तथा कानुन विभाग 
– इन्द्र खरेल

निर्वाचन विभाग
– राजेन्द्रप्रसाद पाण्डे– प्रमुख

पर्यटन प्रबद्र्धन विभाग
– चन्द्रप्रसाद रिजाल
– राजेन्द्रप्रसाद सापकोटा
– हरिप्रसाद धरेल

शिक्षा तथा मानवश्रोत विभाग
– गंगालाल तुलाधर– प्रमुख
– रमेश सिलवाल

संगठन विभाग
– सुरेन्द्र पाण्डे
– राजेन्द्रप्रसाद पाण्डे

सहरी विकास विभाग
– गजेन्द्रप्रसाद थपलिया
– राजेन्द्र अर्याल

सहकारी तथा गरिबी निवारण विभाग
– खेमबहादुर पाठक
– पार्वती खाँण

सामान्य प्रशासन विभाग
– कमला तुलाधर
– विकास श्रेष्ठ

About The Author

अन्य समाचारहरु: