१८ जेठ, धादिङ भूकम्पका कारण विस्थापित भई पालमा रहेकी धादिङ जिल्ला तिप्लिङ गाविस २ निवासी २१ बर्षिय जाममाया तामाङ (अस्पतालमा लेखिएको अनिता तामाङ) यतिखेर नेपाल ट्रमा अस्पतालमा उपचार गराइरहेकी छिन् । २ महिना अगाडि भात पकाउन दाउरा खोज्ने क्रममा रूखबाट लडेर घाँटीको जोर्नी फुस्किएका कारण अस्पतालमा भर्ना भएकि हुन् । उनका श्रीमान् लामा पनि माइतीमै बस्दै आएका छन् । तर अहिले श्रीमतीको उपचार र घरयासी कठिनाईका कारण सम्पर्कमा नै छैनन् ।
डाक्टर निलमकुमार खड्काका अनुसार उनको स्पाइनल इन्जुरीका कारण शरीरको कुनै पनि भागहरू नचल्ने र झोल पदार्थ बाहेक खानेकुराहरू खान नमिल्ने अवस्थामा छिन् । त्यसक्रममा सोसाइटी अफ हेल्पिङ हर्टस्ले उनको उपचारमा सहयोग गरेको छ ।
४ महिनाकी गर्भवती भएका कारण तामाङले उपचारमा प्रयोग गरिने औषधिहरू प्रयोग गर्न नमिल्ने र दुर्घटनापछि हाइडोजका औषधिहरू चलाउनुपर्ने भएकापछि उनको गर्भ पतन गराइएको थियो ।
सोसाइटी अफ हेल्पिङ हर्टस्का सेक्रेटरी हरि मानन्धरका अनुसार अपरेशनमा लाग्ने टिटानियम पातालाइ बाहिर किन्दा डेढ लाख पर्ने तर डाक्टर र अस्पतालको विशेष पहलमा निज तामाङलाइ कम्पनीले नै ७० हजारमा उपलब्ध गराइदिने भएता पनि अन्य उपचारका लागि समेत खर्च नभएकाले अहिलेसम्म अस्पतालमै शल्यक्रिया हुने दिन पर्खदै थिइन् तर त्यो दिन सकिएको र उनको अपरेशन भैसकेको छ ।
स्मरण रहोस निज तामाङसँग कुनै सरसम्पत्ति छैन । माइतीमा बसेर जिविका चलाएकी उनी भूकम्पपिडितसँगै विस्थापित भएर पालमै बुवाआमासँग बसेकी थिइन् ।