Tue. Nov 26th, 2024

स्वास्थ्य चौकी आगिञ्चोकद्धारा सामाजिक परिक्षण

१७ जेठ,  धादिङ – स्वास्थ्य चौकी आगिञ्चोकले सामाजिक परिक्षण सम्पन्न गरेको छ । महिला, गरिब, पिछडिएका एवं बञ्चित वर्ग र समुदायप्रति उत्तरदायी, पारदर्शी तुल्याउँदै उनीहरूको चासोप्रति सम्वेदनशील, र जवाफदेहीता र उत्तरदायित्व बोध गर्दै सामाजिक परिक्षण गरिएको हो ।

हामी सबैको लागि आधारभूत स्वास्थ्य सेवा, निरोगिताले पु¥याउँदछ राष्ट्रलाई टेवा भन्ने मुल नाराका साथ आगिञ्चोक स्वास्थ्यले नीति, नियम,कार्यक्रम कार्यान्वयन,व्यवहार, श्रोत परिचालन, कार्यान्वयन प्रकृया, पारदर्शिता र प्रभावकारीताबारे सम्बन्धित सेवाग्राही,सेवा प्रदायक तथा सो क्षेत्रका सरोकारवालाहरुको विश्लेषणात्मक लेखाजोखा  गर्न सामाजिक परिक्षण गरेको हो ।

स्वास्थ्य चौकी व्यवस्थापन समिति आगिञ्चोकका अध्यक्ष जितमान श्रेष्ठकोे अध्यक्षता स्थानीय राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको आतिथ्यमा भएको सामाजिक परिक्षण कार्यक्रममा स्थानीय सेवाग्राहीहरुको उपस्थिति रहेको थियो  ।  स्वास्थ्य चौकीबाट संचालित सेवा तथा भौतिक पूर्वाधार, आर्थिक अवस्था र अन्य चेतनामूलक कार्यक्रमको बारेमा स्वास्थ्य चौकी प्रमुख नविन माझीले जानकारी गराएका थिए । आमा सुरक्षा कार्यक्रम, निःशुल्क स्वास्थ्य उपचार सेवा,निःशुल्क औषधी वितरण,समुदायमा आधारित एकीकृत बाल रोगको व्यवस्थापन, समुदायमा आधारित नवजात शिशुको स्याहार, परिवार नियोजन, खोप सेवा र पोषण कार्यक्रम, बहिरंग सेवा ,स्वास्थ्य संस्था व्यवस्थापन समिति, बनावट, बैठक निर्णयहरु, समन्वय, स्रोत परिचालन, संस्थाको संगठनात्मक संरचना स्वीकृत दरबन्दी र कार्यरत कर्मचारी, स्वास्थ्य संस्था खुल्ने अवधि, नागरिकका गुनासाहरू सुन्ने परिपाटी, स्वास्थ्य संस्थाले गुणस्तर सुधारका लागि तयार गरेको  कार्ययोजना, स्वास्थ्यकर्मीहरूको बानी व्यवहार, बोलीचाली र लैङ्गिक संवेदनशीलता, सरसफाइ र निर्मलीकरण , प्रमुख कार्यक्रम, क्रियाकलाप र बजेट र बजेट खर्च, खरिद प्रक्रिया, वित्तिय लेखापरीक्षणको प्रतिवेदन र  कर्मचारीहरुको व्यवहार आदिका बारेमा स्थानीय सेवाग्राही प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।

प्रयास नेपाल धादिङको सहजिकरणमा भएको सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालका बारेमा मान बहादुर आले र जितमान श्रेष्ठले जानकारी गराएका थिए । सामाजिक परिक्षण कार्यक्रमको तथ्याङ्ग संकलन, विधि, प्रक्रिया, अवलोकन, अन्तरवार्ता, सानो समूह छलफल, सेवा लिएर फर्केका बिरामीहरु,कार्यक्रममा उपस्थितहरुको अभिमत संकलनको प्रारम्भिक प्रतिवेदन र आचार संहिताका प्रयास नेपालका अध्यक्ष उषा बि.क  जानकारी गराइन् ।

सामाजिक परिक्षण कार्यक्रममा उठेका सवालहरुको योजना बनाई कार्यान्वयन गर्न व्यवस्थापन समिति, जिल्ला स्वास्थ्य कार्यालय, स्थानीय राजनितिक दलका प्रमुखहरुले सेवाग्राहीको प्रतिवद्धतामा गरेका छन् । यसै गरी त्रिपुरेश्वर, मैदी, फुलखर्क, मुलपानी र सल्यानकोट स्वास्थ्य चौकीले पनि सामाजिक परिक्षण सम्पन्न गरी सकेका छन् ।

About The Author

अन्य समाचारहरु: