१६ जेठ, धादिङ – धादिङ आवासिय उच्च माद्यमिक विद्यालयको कक्षा ८ मा अध्ययनरत विद्यार्थी तथा शिक्षकहरुद्धारा नीलकण्ठ ८ मा रहेको स्वावलम्वी बहिरा प्राथमिक विद्यालयलाइ शैक्षिक तथा खेलकुद सामाग्रीहरु वितरण गरेका छन ।
गणतन्त्र दिवसको अवसर पारि विद्यालयमा नै पुगी धादिङ आवासिय विद्यालयका विद्यार्थीहरुले आँफै संकलन गरेको ५ हजार बराबरको शैक्षिक सामाग्रीहरु तथा खेलकुद सामाग्रीहरु वितरण गरेका हुन ।
सरकारी तथा विभिन्न गैर सरकारी निकायबाट संचालित उक्त बहिरा प्राथमिक विद्यालय र त्यहाँका बालबालिकाको शैक्षिक उन्नती संगै खेलकुदको माद्ययमले शारिरीक तथा मानसिक रुपमा सवल बनाउन र २ विद्यालय विचको मैत्री सम्वन्ध कायम गराउनको लागि विद्यालयको स्थलगत अवलोकन र सहयोग गरिएको धादिङ आवासिय उच्च माद्यमिक विद्यालयका शिक्षक शैलेश अधिकारीले जानकारी दिए ।
उक्त अवसरमा धादिङ आवासिय उच्च माविका विद्यार्थीहरुले बहिरा विद्यार्थीहरुले पढ्ने सांकेतिक भाषाको प्रयोग र उनीहरुले पढ्ने तरिकाबारे जानकारी लिएका थिए । उक्त विद्यालयमा विभिन्न जिल्लाका ६० जना बहिरा विद्यार्थीहरु आवासिय सुविधा सहित अध्ययन गर्दछन् ।