Tue. Nov 26th, 2024

१० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख रुपैयाँको बजेट प्रस्तुत

Bishnu-Paudel१५ जेठ,  धादिङ – सरकारले आर्थिक वर्ष २०७३र०७४ को लागि १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

राष्ट्रिय योजना आयोगले दिएको बजेट सीमालाई कुल्चदै अर्थमन्त्री विष्णु पौडेलले व्यवस्थापिका(संसदमा आगामी आर्थिक वर्षका लागि चालु खर्चतर्फ ६ खर्ब १७ अर्ब १६ करोड ४१ लाख २९ हजार र पुँजीगत खर्चतर्फ ३ खर्ब ११ अर्ब ९४ करोड ६३ लाख २५ हजार र वित्तीय व्यस्था तर्फ १ खर्ब १९ अर्ब ८१ करोड ९ लाख रुपैयाँ गरी १० खर्ब ४८ अर्ब ९२ करोड १३ लाख ५४ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गर्नुभयो ।
राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्षका लागि ९ खर्ब ९ अर्बको बजेट सीमा दिएको थियो । यो बजेट चालु आर्थिक वर्षको बजेटभन्दा २ खर्ब २९ अर्ब, ४५ करोड, २४ लाख, ९० हजार रुपैयाँ बढी हो । चालु आर्थिक वर्षका लागि ८ खर्ब १९ अर्ब ४६ करोड ८८ लाख ६४ हजार बजेट विनियोजन गरिएको थियो ।
सरकारले अनुमानित खर्च व्यहोर्न राजश्वबाट ५ खर्ब ६५ अर्ब ८९ करोड ६५ लाख संकलन गर्ने अनुमान गरेको छ । सावा फिर्ता प्राप्तिबाट १० अर्ब र वैदेशिक अनुदानबाट १ खर्ब, १० अर्ब, ८९ करोड ६४ लाख ११ हजार व्यहोर्ने जनाएको छ ।
राजश्व, सावा फिर्ता र वैदेशिक अनुदानबाट अपुग हुन आउने तीन खर्ब ६६ अर्ब १२ करोड ८४ लाख ४३ हजार रकम पूर्ति गर्नका लागि वैदेशिक ऋणबाट १ खर्ब ९५ अर्ब ७१ करोड ५७ लाख, ३७ हजार जुटाउने जनाएको छ । यस्तै १ खर्ब ११ अर्ब आन्तरिक ऋणबाट जुटाउने र ५९ अर्ब ४१ करोड २७ लाख ६ हजार चालु वर्षको नगद मौज्दातबाट व्यहोर्ने जनाएको छ ।

About The Author

अन्य समाचारहरु: